रियल म्याड्रिड रोकियो

साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो । घरेलु टोलीलाई लगातार दवावमा राखे पनि रियलका अग्रपंक्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो ।

पहिलो हाफमा दुवै टोलीले गोलको उल्लेख्य मुभ बनाउन सकेका थिएनन् । ४२औं मिनेटमा रियल म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले मिकेल ओएरजावलको प्रहारलाई सहजै नियन्त्रणमा लिएका थिए ।

६१औं मिनेटमा करिम बेन्जेमाले अवसर पाए पनि सदुपयोग गर्न नसक्दा रियल म्याड्रिड अग्रता लिनबाट चुक्यो । ७७औं मिनेटमा मिनिसियस जुनियरको पासमा युवा खेलाडी मार्भिन पार्कले बललाई नियन्त्रणमा लिएर प्रहार गर्न नसक्दा रियल पुनः अग्रता लिनबाट चुक्यो ।

त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल निराशाजनक गोलरहित बराबरीमा टुंगियो । प्रशिक्षक जिनेदिन जिदानले सोसिडाडविरुद्धको खेलमा ‘बी’ टिमका दुई खेलाडी मार्भिन पार्क र सर्जियो एरिवासलाई सिनियर टोलीमा डेब्यु गराएका थिए । मार्टिन ओडेगार्डले पहिलो रोजाईमा स्थान पाएपनि सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं-मुग्लिन सडक खण्ड पुन: सञ्चालन