जनहितका पूर्वविद्यार्थीले गरे गुरुको सम्मान

काठमाडौं । ५० वर्षपछि भेट हुँदा उत्साह जाग्यो, विगतको दिनलाई फेहरिस्त नियालियो । वर्षौंदेखि बिर्सिसकेको कुरा पुनर्ताजगीकरण गर्न पाइयो पूर्व विद्यार्थी डा. राजेन्द्र शेरचनले भने । २०३४ मा एसएलसी दिएका शेरचनले विगत सम्झँदै दोहो¥याए, ‘हामी त चार दिनसम्म हिँडेर एसएलसी दिन पोखरा पुग्नुपथ्र्यो ।’ जोमसोममा रहेको जनहित माविमा पढेका पूर्व विद्यार्थीहरूको सामूहिक आवाज थियो यो । हाल यो विद्यालयलाई नेपाल सरकारले नमुना विद्यालयका रूपमा स्थापित गरेको छ ।

पूर्वविद्यार्थीको सामूहिक आवाज छ,
‘अब यो भेट वर्षमा एकपटक गराउनुपर्छ । र विद्यालयको विकासका लागि पनि पहल थाल्नुपर्छ ।’ २०११ मा स्थापना भएको जनहित माविका पूर्वविद्यार्थी काठमाडौं, स्वयम्भूस्थित मुस्ताङ गुम्बामा भेला भई आफूले पढाएका गुरुलाई सम्झे र कदरपत्रले सम्मान पनि गरे ।

गुरु दुर्गाबहादुर थापाले विद्यालयको विकास र नमुना बनाउन निकै योगदान पु¥याएको विद्यार्थीले स्मरण गरे । थापा सो विद्यालयमा नौ वर्षसम्म कार्यरत रहे, प्राधानाध्यापक पनि भए । दार्जिलिङमा जन्मिएर पनि २०२५ देखि २०३४ सम्म विद्यालयको अभिभावकत्व ग्रहण गरे । पूर्वप्रधानाध्यापक थापा भन्छन्, ‘भगवान्ले दुर्गम जिल्लामा सेवा गर भनेर पठाएको रहेछ । यस्तो जिल्लामा सेवा गर्न पाएकोमा गर्व लाग्छ ।’

८० वर्ष पुगेका थापा २०२५ मा दार्जिलिङजस्तो सुगम र सुविधा सम्पन्न सहरबाट नेपालको दुर्गम जिल्ला मुस्ताङमा आई २०३४ सालसम्म जिल्लाको गुणस्तरीय शिक्षाको विकासमा कटिबद्ध भएर लागे । थापाको कुशल नेतृत्व, अथक प्रयास र मिहिनेतबाट जनहित माविले २०२७ सालमा आफ्नो पहिलो प्रवेश परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए । उनले पूर्वविद्यार्थीको भेलामा ५ लाख रुपैयाँ अक्षयकोष समेत स्थापना गरे । पूर्वविद्यार्थीहरूले थापालाई भने, ‘हजुरको योगदानलाई पछिका पिँढीले पनि सम्झिरहनेछन् । ’

‘दुर्गम जिल्लामा सरकारी विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सक्छन् भनेर प्रमाणित मात्र गर्नुएन, नेपालको १८ दुर्गम जिल्लाहरूमा भएका सरकारी विद्यालयमा शीर्ष स्थान दिलाएर जनहित माविको शैक्षिक जगलाई बलियो बनाउनुभयो,’ पूर्वविद्यार्थीसमेत रहेका हालका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जयन्द्र थकालीले भने ।

पूर्वविद्यार्थीहरूले सम्झिएको भन्दै पूर्वस्मरण गरे र अभिभावकत्व ग्रहण गरेका थापाले धन्यवाद पनि दिए । अनि पुनः जनहितका पूर्वविद्यार्थीले भने, ‘तपाईंका विद्यार्थी अहिले विभिन्न पेसा र ओहोदामा सफल भई देश र समाजको विकासमा योगदान दिइरहेका छन् ।’ विद्यालयमा अभिभावकत्व ग्रहण गरेको भन्दै थापालाई कदरपत्र उपलब्ध गराइएको थियो । यस्तै, ७६ वर्षीया दावा लामा थापालाई पनि पूर्वविद्यार्थीले सम्झिँदै भने, ‘नेपालको दुर्गम जिल्लाका महिला शिक्षित भई देश र समाजका लागि योगदान गर्न सक्छन् भनेर खेल्नुभएको प्रेरणादायी भूमिका सधै सम्झिरहनेछौं ।’ थापा २०३० सालदेखि २०३१ सम्म जनहित माविको कार्यवाहक प्रधानाध्यापकका रूपमा कार्यरत थिइन् । सो समयमा विद्यालयको प्रगति र शैक्षिक गुणस्तर कायम राख्न योगदान पु¥याएको भन्दै कदरपत्रले सम्मान गरिएको थियो । हाल सो विद्यालयमा ३ सय ५० बढी विद्यार्थी पढ्छन् । २३ वर्षदेखि विद्यालय अध्यक्ष भएका थकाली भन्छन्, ‘१५ वर्षसम्म जनहितमै प्रावि तह र निमावि तहमा शिक्षक भएर काम पनि गरें । विद्यालयको शैक्षिक गुणस्तर उकासेको छु ।’

२०३५ सम्म जिल्लामा एकछत्र रूपमा जनहित मावि मात्रै थियो । सो विद्यालयले सांसददेखि चिकित्सक, इन्जिनियरदेखि गैरसरकारी संस्थाका नेतृत्व व्यक्तिसमेत उत्पादन गरिसकेको छ ।

स्वयम्भूस्थित मुस्ताङ गुम्बामा सम्पन्न जनहितका पूर्वविद्यार्थीको प्रथम भेलाले डा. राजेन्द्र शेरचनको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । सदस्यमा डा. शैलेन्द्र थकाली, प्रदीप थकाली, डा. घनश्याम गुरुङ, पवित्र गुरुङ, नेत्र गुरुङ, राजेन्द्र ठकुरी, बेल गुरुङ, गंगा थकाली, कैलाश थकाली, शान्ति थकाली, नविन गुरुङ, विष्णुलाल थकाली र नितेश तुलाचन रहेका छन् । यस्तै, तदर्थ समितिमा अञ्जली थकाली, शन्तोष थकाली, वीरेन्द्र शेरचन, उत्तम गुरुङ, कुलबहादुर थकाली, विष्णु शर्मा, अरुण नेपाली, विष्णुमाया गुरुङ, सुरज मल्ल, देव गुरुङ, छिरिङ गुरुङ, जयन्द्र थकाली, खगेन्द्र तुलाचन, माया विष्ट, गंगा थकाली, शरन थकाली, कर्केन गुरुङ, भवी शेरचन, सुनिता गुरुङ र वीरेन्द्र शेरचन रहेका छन् ।

तदर्थ समितिलाई पूर्ण समितिमा रूपान्तरण गरिनेछ । जसले एक वर्षभित्र कार्ययोजना बनाएर सम्मेलन गर्ने र कार्यसमिति चयन गर्ने जनाइएको छ । जनहितका पूर्वविद्यार्थी डा. शेरचन, डा. शैलेन्द्र थकाली, प्रदीप थकाली, ई. पवित्र गुरुङ, नेत्र गुरुङ, राजेन्द्र ठकुरी, बेल गुरुङ, गंगा थकाली, कैलाश थकाली, शक्ति ज्वारचन, ई.उत्तम गुरुङको विशेष सक्रियतामा सम्पन्न भेलाले तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । २०११ मा स्थापित यो विद्यालयमा २०२७ मा पहिलो ब्याचका विद्यार्थीले एसएलसी दिएका थिए ।

भेलामा कोडियोग्राफर समेत रहेका पूर्वविद्यार्थी राजेन्द्रकमल राईको संयोजनमा नृत्य प्रस्तुत भएको थियो । सो अवसरमा पूर्वविद्यार्थी जयन्द्र थकालीले पूर्वविद्यार्थीको तर्फबाट अनुभव’bout प्रकाश पारेका थिए । पूर्वविद्यार्थीको भेलामा कार्यक्रमको सञ्चालन प्रदीप थकाली र ई.पवित्र गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन पूर्वविद्यार्थी राजेन्द्र ठकुरीले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९