Saturday, April 17, 2021
Home Exclusive राजा महेन्द्रले बनाएकाे मन्दिर जनताका छाेरा छाेरीका लागि खुल्ला हुने

राजा महेन्द्रले बनाएकाे मन्दिर जनताका छाेरा छाेरीका लागि खुल्ला हुने

,

पोखरा । सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ ।

फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ । पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना छ ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा स्व वीरेन्द्र र ऐश्वर्य तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउने सरकारी निर्णयानुसार रत्न र हिमागृह समेत ट्रष्टको स्वामित्वमा आएको थियो । रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आए पनि लामो समयपछि यसले सार्थकता पाउन लागेको हो ।

रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रष्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकारभएकासँग छलफल गरेको छ । त्यसक्रममा टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो ।

सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रष्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको राससलाई बताए । ‘दरबार खुला गर्न अब ढिलाइ गर्नुहुँदैन उपयुक्त समय नयाँ वर्षको बेला हुन्छ भन्नेमा हामी पुगेका छौँ तर खुला गर्दा कसरी खुला गर्ने, कुन÷कुन क्षेत्रसम्म प्रवेश दिने, प्रवेश शुल्क कति राख्नेलगायतका बारेमा छलफल भयो । एउटा योजना तयार भएको छ ।’उनले भने ।

राजधानी पुगेर ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग थप छलफल गरेर निर्णय लिइने ज्ञवालीले जानकारी दिए । दरबार खुला गर्नेबारेमा मन्त्री पोखरेलले नै अन्तिम निर्णय गर्ने बताइएको छ । शुरुमा ट्रष्टले आफ्नै कर्मचारीबाट व्यवस्थापनको कार्य गर्ने भएको छ । ट्रष्टको पोखरा कार्यालयमा कार्यरत ११ जना कर्मचारीबाट नै व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ ।

दरबार खुला गर्नका लागि निरन्तर आवाज उठाउँदै आएका सोही क्षेत्रका प्रदेशसभा सदस्य राजीव पहारीले अब खुला गर्ने विषयमा कुनै पनि अवरोध नरहेको बताए । ट्रष्टको स्वामित्वमा रहेका दरबार खुला गर्नका लागि अध्यक्ष, सदस्य सचिव तथा सदस्य सबैले चासो दिएको बताउँदै नेपाल भ्रमण वर्षमा २० लाख बाह्य पर्यटक ल्याउने लक्ष्य पूरा गर्न यसले सघाउने बताए ।

फेवाताल जलाधार क्षेत्र र रत्न मन्दिर संरक्षणका लागि प्रदेशसभा सदस्य पहारीले चालू वर्षमा पूर्वाधार विकास कार्यक्रमको रु दुई करोड बजेटमध्येबाट रु २५ लाख विनियोजन गरेको जानकारी दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले रत्न मन्दिर र हिमागृह खुला हुनुपर्दछ भनेर पर्यटन व्यवसायीले एक दशकअघिदेखि आवाज उठाउँदै आएको जानकारी दिए । नेपालको राजसंस्थासँग जोडिएको इतिहास र संस्कृतिलाई हेर्न पर्यटक लालायित रहेकाले दरबार पोखराको अर्को पर्यटकीय गन्तव्य बन्ने भनाइ उनको छ ।

‘रत्न मन्दिर र हिमागृह हामीसँग भएका धरोहर हुन् । यिनलाई टुरिजम प्रडक्टका रुपमा विकास गरिनुपर्दछ र अबको बदलिँदो परिवेशसँगै भएका सम्भावनालाई नगदमा परिर्वतन गर्नुपर्दछ । यिनलाई निःशुल्क होइन, सशुल्क खोल्नुपर्दछ ।’उनले भने

यी दुई दरबारमा सर्वसाधारणको प्रवेश भएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई आधा दिन लम्बाउन सकिने पर्यटन व्यवसायी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० लाई समेत यसबाट सघाउ पुग्नेमा व्यवसायीहरु विश्वस्त छन् ।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गरेका थिए । विसं २०१३ मा यो दरबारको निर्माण शुरु गरिएको थियो । त्यसबेला पोखरामा होटल नहुँदा दरबारले विदेशी पाहुनासमेत यहीँ राख्ने गथ्र्यो भने तत्कालीन राजाले यहीँ विदेशी पाहुनासँग भेट गर्ने तथा विभिन्न देशका राजदूतहरूबाट चढाइने ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम पनि यहीँ हुने गर्दथ्यो ।

तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो । गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र उनका परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर पनि ट्रष्टको स्वामित्व छ ।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र विसं २०५८ जेठ १९ को दरबार हत्याकाण्डको रात तथा २०६२–६३ को दोस्रो जनआन्दोलन चरम उत्कोर्षमा पुगेको समयमा पनि करीब तीन महीना यही बस्नुभएको थियो । विसं २०६१ माघ १९ को शाही कदमपछि तत्कालीन राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश सम्पत्ति राजा ज्ञानेन्द्रको स्वामित्वमा गए पनि रत्न मन्दिर भने तत्कालीन राजा वीरेन्द्रकै नाममा रहेकाले ट्रष्टको स्वामित्वमा आउन सहज भएको हो । रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ ।

(Visited 210 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

साताका लोकप्रिय समाचार

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

सेयर बजारमा नयाँ उत्साह, २० अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ वर्षलाई नेपाली सेयर बजारले सकारात्म सन्देश दिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम समेत बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।...

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री...

चेतावनी होइन कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख धेय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको बताउँदै आएका छन् । उनले विभिन्न विकास आयोजनामा भइरहेको ढिलाइ...

सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ

काठमाडौं । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार मागसहित प्रदर्शनमा...

ट्रेन्डिङ

ट्याङ्करको ठक्करबाट युवकको मृत्यु, स्थानीयद्वारा दुई वटा ट्याङ्करमा आगजनी

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका(१ कालिका स्वास्थ्यचौकी नजिक सडक निर्माणकार्यमा पानी बोक्ने...

सुदूरपश्चिम प्रदेशले सलह मार्नेलार्ई किलोको २५ रुपैयाँ दिने

धनगढी । शनिबार बिहान बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किराको फौज अरु जिल्लामा पनि फैलन थालेको छ । नेपालमा सलह किराको जोखिम...

इलामका ८९ सुकुम्बासीमध्ये १९ घरपरिवारले पाए लालपुर्जा

इलाम । इलामको रोङ गाउँपालिका छ पाटापुरका ६७ वर्षीय लालसिंह राईले सोचेका पनि थिएनन आफूले प्रयोग गरेको जग्गाको लालपुर्जा पाउँछु भनेर । ५७ वर्ष...

फिल्डमा खटिने पत्रकारलाई पिपिई

काठमाडौं । नेपाल वातावरण पत्रकार समुहले कोभिड १९ जोखिम बढेको भन्दै फिल्डमा खटिने पत्रकारहरुलाई पिपिई (व्यक्तिगत सुरक्षा सामाग्रि) उपलब्ध गराएको छ । कृयाशील ३०...

व्यवस्था बदलियो, अवस्था उस्तै : तिला नदीको दुषित पानी पिउँदै बाइराँकाबासी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर १ बाइराँका गाउँका स्थानियको दुषित पानी पिउनु पर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँका नागरिकले तिला...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

मल्ल गोलरक्षक प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका पूर्वगोलरक्षक विकास मल्ल राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् । प्राविधिक समितिले...

गणित समाजले पाँचलाखको छात्रवृत्ति दिने

काठमाडाै‌ं । नेपाल गणित सामाजले याे वर्ष नेपालका विश्वविद्यालयहरुमा गणित विषय लिई दर्शनाचार्य (एम फिल) एव‌ं विद्यावारिधि (पिएचडी) उपाधिका लागि अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति...

मेलम्चीको पानी वितरणका लागि तयारी

काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर...

‘संवैैधानिकता’ र ‘वैधानिता’को खोजी

संसद् विघटनमा ‘संवैधानिकता’को प्रश्न उठे झैं सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा पनि ‘वैधानिकता’को कुरा उठाइएको छ । संसद् विघटन गरिएको विषय...

बुन्डेस लिगा मे तेस्रो साता

म्युनिख । जर्मन फुटबल लिग (डीएफएल)ले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित त्रासका कारण स्थगित भएको जर्मन बुन्डेस लिगाको बाँकी मे तेस्रो साता गराउने निर्णय गरेका...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)