अभिनेता अर्जुनले प्लाज्मा दान गर्ने

मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर विगत १६ दिनदेखि कोरोना भाइरसको चपेटामा छिन् । आफ्ना चिकित्सकहरूको सल्लाहअनुसार उनी होम आइसोलेसनमा छन् । कोरोना पोजेटिभ भएपछि विगत १६ दिनदेखि उनले आफ्नो अवस्था बताएका छैनन् । उनका परिवारले अर्जुनलाई पहिलाको तुलनामा निकै राम्रो भएको बताएका छन् । चार दिनअघि गरिएको स्वाब परीक्षणमा उनको पोजेटिभ नै आएको थियो । त्यसपछिको अवस्था’bout जानकारी गराइएको छैन ।

उनले टाइम्स अफ इन्डियालाई आफूले अबको एक महिनापछि प्लाज्मा दान गर्ने बताएका छन् । कोरोना संक्रमितबाट गम्भीर भएकाहरूले आफूले दान गरेको प्लाज्माले निकै ठूलो सहयोग पुग्ने बताउँदै उनले प्लाज्मा दान गर्न लागेका हुन् । आफ्ना चिकित्सकहरूसँगको सल्लाहअनुसार प्लाज्मा दान गर्दा हुने बताएपछि यो निष्कर्षमा आफू पुगेको उनको कथन छ । आफूले मुम्बईको सिटी अस्पतालमा पुगेर प्लाज्मा दान गर्ने पनि उनले बताएका छन् ।

अर्जुनका परिवारले उनको ’boutमा चाँडै सकरात्मक खबर बाहिर आउने बताएका छन् । परिवारका अनुसार अब एक दुई दिनमै फेरि अर्जुनको स्वाब परीक्षण गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी