सिन्धुपाल्चोक । जुगल गाउँपालिक–२ लिदीका पहिरो पीडितहरुलाई स्वदेश विदेशबाट सहयोग आउने क्रम जारी छ । लिदी पहिरोबाट वेपत्ता भएकाहरु अहिले विस्थापित भएर सेलाङ बाँसखर्कमा रहेको अस्थाई टेन्टमा बसिरहेका छन् ।
पहिरोपीडितहरुलाई काठमाडौमा रहेको इन्द्रेणी समाजको तर्फबाट ६ लाख ४३ हजार ९९०,पाँचपोखरीका फुर्बा रिन्जीन तामाङले ४० हजार सहयोग गरेको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन ।
त्यस्तै राम लामा स्याङताङ १० हजार,समिन थोकरले ७ हजार सहयोग पहिरो पीडितहरुलाई गाउँपालिका मार्फत प्रदान गरिएको उपाध्यक्ष तामाङले जानकारी दिइन ।
यस अघि पनि पहिरो पीडितहरुलाई स्वदेश र विदेशबाट सहयोग आइरहेको र आएको सबै सहयोग आफुहरुले पारदर्शी रुपमा पीडितहरुलाई दिएको उपाध्यक्ष तामाङले बताइन ।
तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)






