बारा । बम बिस्फोट एवं सगठित अपराध मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले संगठित मुद्धाका फरार प्रतिवादी परवानीपुर गाउपालिका वडा नम्वर १ का कपिलदेव महतोलाई नियन्त्रणमा लिएको हो ।
लकडाउनका बेला महतो संगठित अपराधमा सक्रिय रहेको सुचनाको आधारमा मंगलवार राति १० बजेको प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
इलाका प्रहरी कार्यलय परवानीपुर र प्रसौनीको सयुक्त प्रहरी टोलीले महतोलाई उनकै घरमा सुतिरहेको अवस्थामा घेरा हाली नियन्त्रणमा लिएको उनले बताए ।
धम्कि दिएर रकम असुल्थे
आपरधिक गतिविधि गर्ने प्रमोद गोढका समुहले एम एस ईटा उद्योगका सञ्चालकसँग २ महिना देखि पटक पटक फोन मार्फत १५ लाख रकम माग गरेका थिए । एम एस ईटा उद्योगका सञ्चालकले रकम नदिएपछि गत वर्ष कार्तिक ४ गते परवानीपुर गाउँपालिका वडा नम्वर ४ स्थित इट्टा उद्योगमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
इट्टा उद्योगका सञ्चालकसँग फोन र एसएमएस मार्फत बम विस्फोट गराउने समुहले पटक पटक रकम माग गरि धम्कि दिने गरेका थिए । रकम नदिए घरपरिवारका सदस्यलाई हानी नोक्सानी पु-याउने धम्कि दिदै आएका थिए ।
धम्कि दिने समुहलाई र इट्टा व्यवसायीले ३ लाख दिने भन्दै प्रहरीलाई पनि जानकारी गराए । प्रहरीकै योजना अनुरुप परवानीपुर गाउँपालिका वडा नम्वर ४ स्थित चैनपुरमा भेटने योजना बन्यो । जब धम्कि दिने समुहका सदस्य इट्टा व्यवसायी भएको ठाउँमा आइपुगे प्रहरीले सो ठाउलाई घेराबन्दी गरे प्रमोद गोढ, देवशकर राम, अच्छेलाल गोसाई र दिपेन्द्र कुमार धानुकलाई पक्राउ ग-यो । सोही समुहका कपिलदेव महता अझै लुकिछिपी भारतमा बस्दै आएका छन् ।
अहिले चारै जना बम विष्फोट तथा संगठित अपराध मुद्दामा वीरगंज कारागारमा छन् । फरार रहेका महतोलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पठाउने आवश्यक कागजात तयार भईरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।