स्थानिय तह भन्छ ‘विद्यालय खोलौँ’, प्रशासन भन्छ ‘हुँदैन’

इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ ।

‘अर्को सूचना नआएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्नु’ भनेर सरकारले गरेको निर्णय अनुसार शैक्षिक संस्था खोल्न नपाउने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले बताए । उनी प्रश्न गर्छन् ‘सरकारको निर्णय विपरित स्थानीय तहले काम गर्दा केही भए त्यसको जिम्मा कसले लिन्छ ?’ संक्रमण रोग नियन्त्रण ऐनको प्रयोग गरेर भएपनि सरकारले सञ्चालन नगर्नु भनेका संस्था या व्यवसायलाई बन्द गरिने उनले बताए ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत सरकारकै निर्णय अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताउँछन् । ‘मन्त्री परिषदले पारित गरेको वैकल्पिक सिकाई निर्देशिका अनुसार परिस्थिति अनुसार विद्यालय चलाउने निर्णय गरेका हौ ।’ बस्नेतले भने ।

कोरोना संक्रमणका कारण पाँच महिनादेखि बन्द रहेका केही विद्यालयले आइतबारदेखि पठन पाठन थालेका थिए । स्थानीय तहले विकल्प सहितको कार्ययोजना पेश गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएपछि केहीले पठन पाठन थालेका थिए भने अधिकाशं संस्थागत विद्यालयहरुले विद्यालय खुलाउने तयारी गरेका थिए । जिल्लाको इलाम, सुर्योदय, देउमाई र माई नगरपालिका यस्तै चुलाचुली र माइजोगमाई गाउँपालिकामा असोज पहिलो साताबाट नै पठनपाठन सुरु गरेका थिए । स्थानीय तहले विद्यालय खुलाउने र प्रशासनले बन्द गर्ने सूचना जारी गरेपछि विद्यार्थी अविभावक शिक्षक दोधारमा परेका छन् ।

सुर्योदयमा सामुदायिक ६४, सस्थागत २९ र धार्मिक २, देउमाईमा सामुदायिक ५०, सस्थागत १३, बाल विकास केन्द्र २ र धार्मिक १, इलाममा सामुदायिक ४९, संस्थागत १३, माईमा सामुदायिक ४४, सस्थागत १४ रहेका छन् ।

यस्तै माइजोगमाइमा सामुदायिक ३३, सस्थागत ८ र धार्मिक २, सन्दकपुरमा सामुदायिक २६, सस्थागत ३ र धार्मिक २, चुलाचुलीमा सामुदायिक २१, सस्थागत ६, फाकफोकथुममा सामुदायिक ४१, सस्थागत ८ र धार्मिक १, रोङ्गमा सामुदायिक ३०, सस्थागत २, माङ्गसेबुङ्गमा सामुदायिक ३२, सस्थागत ४, धार्मिक १ गरी जिल्लाका १० स्थानिय तहमा कुल विद्यालय ५०१ रहेको छ । जसमा ८६ सस्थागत छन् भने ९ वटा धार्मिक र २ बालविकास केन्द्र रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर