मुम्बई । बलिउडका एक समयका चर्चित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका उनको उपचारकै क्रममा निधन भएको उनका छोरा चरणले जानकारी गराएका छन् ।
उनी बलिउड फिल्मका लोकप्रिय गायक थिए । उनले बलिउडसँगै दक्षिण भारतीय कैयौं भाषाका फिल्ममा उनले गीत गाएका थिए । आफ्नो गायन यात्रामा एसपीले करिब ४० हजार गीत गाएका थिए ।
यी गायकको निधनमा दुःख व्यक्त गर्दै आफूहरूले एक जना प्रभावशाली कलाकार गुमाएको अभिनेता सलमान खानले ट्वीटमार्फत जनाएका छन् । उनको पहिलो चलचित्र मैने प्यार कियाका सबैजसो गीत एसपी बालासुब्रमण्यमले गाएका थिए ।
त्यसपछि पनि सलमानका थुप्रै फिल्ममा उनले गीत गाए । सलमान मात्र हैन, बलिउडका कैयौं अभिनेताका लागि गीत गाएका एसपीले विभिन्न १६ भाषामा ४० हजार गीत आफ्नो स्वरमा रेकर्ड गराएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)






