इलाम । इलाम नगरपालिकाका १९ जनाको कोरोना संक्रमण रिपोट नेगेटिभ आएको छ । आज आएको रिपोर्टमा १९ जनाको श्वाव संकलन असोज नौ मा गरिएको थियो । उनीहरु सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेको स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलको भनाई छ ।
जसमा १७ जना भारतबाट र दुई जना कुवेदबाट आएका हुन् । यो सँगै अब सो नगरपालिकाको नयाँ बसपार्क स्थित क्वारेन्टाइनमा ३ जना मात्र रहेका छन् । तीन जना असोज ११ गते साउदीअरव, मलेसिया र कतारबाट आएका छन् । उनीहरुको श्वाब संकलन केहि दिनमा हुने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
इलाम नगरपालिकामा मात्र ५७ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिले सबैले निको भइसकेका छन । देशमा कोरोना संत्रमणको संख्यामा बृद्धि भइरहे पनि इलाममा निको हुनेको संख्या बढेकाले कोरोना संक्रमण नियन्त्रणमा रहेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । उनले भने, ‘कोरोनालाई आतङ्कको रुपमा लिएर जनजिवन प्रभावित बनाई रहेको छ ।, यसलाई आतङ्कको रुपमा हैन अवसरको रुपमा लिएर अघि बढ्न नगरबासीलाई अनुरोध गरेका छन् ।’






