क्यान इन्फोटेक फागुनमा

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले २ देखि ७ फागुनसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२० आयोजना गर्ने
भएको छ ।

नेपालको सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६औं संस्करणसँगै क्यानले उपत्यकाबाहिर पनि आठ स्थानमा आयोजना गर्दै छ ।
क्यान महासंघका अनुसार प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगन्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय तथा प्रदेश ५ को नेपालगन्जमा जिल्लास्तरीय प्रदर्शनीको आयोजना गर्नेछ ।

२६औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्लास्तरीय इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वल्र्डलिंक कम्युनिकेसन, अफिसिएल इन्स्योरेन्समा प्रभु इन्स्योरेन्स र टिकट पार्टनरमा ई–पे छन् ।

सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले गरेको छ भने एसोसिएट, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसिएल प्रायोजन पनि खुला गरिएको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी)’bout चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको हो ।

सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहने बताइएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघरसंस्था र व्यवसायीको छाता संगठन हो ।
क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अपेक्षा गरिएको छ ।

क्यान इन्फोटेक २०२० मा ब्रान्डिङ, आईसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, रोबोटिक्स, ई–बेस्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र हुने बताइएको छ ।

अपरेटिङ सिस्टम सफ्टवेयर, नेट वर्किङ सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिनटर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादन प्रदर्शनीमा राखिनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९