माइतीबाट फर्कने क्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका– २ स्थित रसुवाखोलाले बगाएर ५५ बर्षीया मैया लुङगेली मगरको ज्यान गएको छ ।

बिहिवार राती ०८ बजे माइती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवाखोला तर्दै गर्दा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले जानकारी दिए ।

खोलाले बगाउँदा मगरको झण्डै दुई सय मिटर तल झारीमा अड्केको अवस्थामा मैयाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

खोलाले बगाएर छोराको मृत्यु भएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला