Tuesday, October 27, 2020
Home Uncategorized बलात्कारविरुद्ध महिला सशक्तीकरण जरुरी

बलात्कारविरुद्ध महिला सशक्तीकरण जरुरी

लकडाउनका बेलामा दर्ता भएका बलात्कारका केसहरूमाथि गरिएका अध्ययन तथा अनुसन्धानले महिला र बालबालिका आफ्नै घर तथा आसपासमै असुरक्षित हुन थालेको देखाएको छ, जुन निकै नै अमानवीय र दर्दनाक खुलासा हो । जहाँ आफ्नै मानिसका बीचमा महिला तथा बालबालिकाको सुरक्षा हुँदैन, त्यहाँ अन्य कुराको सुरक्षाको के आशा गर्ने ? लकडाउनका अवधिमा अन्य अपराधमा ९० प्रतिशतले कमी आए पनि बलात्कार तथा घरेलु हिंसाका घटनामा भने बढोत्तरी भइरहेको छ । सबैभन्दा हिंसाको जोखिममा रहेका महिला तथा बालबालिका नै यसको सिकार भइरहेका छन् । यसमा हाडनाता पर्ने, आफन्त तथा छिमेकीहरू नै बढी संलग्न भएको पाइएको छ । यस्तो आपराधिक कार्यमा घरकै हजुरबुबा, काका, मामा, छिमेकी अंकल तथा चिनेजानेका आफन्त तथा पारपाचुके भएका मानिस नै संलग्न भएको पाइएको छ । यसले अब नेपालको सामाजिक परिपाटी विगतको भन्दा भिन्न हुँदै गएको र खुला तथा अराजकतामा धकेलिँदै गएको देखाएको छ । पछिल्लो चरणमा भएका विज्ञान तथा प्रविधिको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको बिगबिगी, पत्रपत्रिका बिक्री हुने नाममा नांगा तस्बिरहरूको बाढी, लाइक र सेयर बढाउने नाममा अनलाइनहरूमा नांगा तस्बिर तथा भिडियोको सिलसिलाबद्ध प्रदर्शन आदिले यौन र यौनजन्य हिंसालाई बढावा दिएको छ ।

पुराना मूल्यमान्यतालाई तिलाञ्जली दिने तर नयाँ मूल्यमान्यता स्थापना गर्न र प्रयोगमा ल्याउन नचाहने वा ल्याउन उदासीनता देखाउने प्रवृत्तिले पनि मानिसलाई छाडा र उत्ताउलो बनाउँदै लगेको छ । यात्राका क्रममा बज्ने बजाउने छाडा गीतहरू पनि यसमा कम जिम्मेवार छैनन् । फिल्महरू पनि व्यावसायिकताका नाममा निकै छाडा र अश्लील बन्दै गएका छन् । फिल्मका कथा निर्माण गर्दा नांगिने र नंग्याउने खालका अस्वाभाविक सिनहरूको परिकल्पना गर्ने र हाउस फुल बनाएर पैसा कुम्ल्याउने सोच र फिल्मी व्यवसायले पनि बलात्कारका घटनालाई प्रश्रय दिएको छ । यौन, बलात्कार तथा यौनजन्य हिंसाका बारेमा खुलेर पनि जनचेतना अभियान सञ्चालन गरिएको छैन । महिलाले स्वयम् आफूलाई कसरी सुरक्षित राख्ने र के गर्दा बलात्कारको सिकार भइन्छ भन्ने कुरा थाहा नपाउँदा पनि यस्ता घटना दिनदिनै घट्न गएका छन् । यसका बारेमा उमेरअनुसार सचेतनाको खाँचो छ । कतिपय होटल, रेष्टुराँ तथा चमेना गृहमा पनि भड्किला र उत्ताउला खालका व्यवहारका कारण त्यस्ताखाले नकारात्मक वातावरण निर्माण भएको देखिन्छ ।

बलात्कारपछि बलात्कृत वा पीडितले पाउने अधिकारका बारेमा पनि समाज र आफन्तमा रहेका अज्ञानताका कारण पनि दोषीले उल्टै उन्मुक्ति पाइरहेको देखिन्छ । महिला वा चेली हुनुका कारणले बलात्कृत हुनुपरेको एकतर्फी शिक्षा र वचन लगाइन्छ । यसले पीडित स्वयंलाई हीनताबोधको वातावरण निर्माण गरिदिने र आतंकको वातावरण सिर्जना गरिदिने गरेको स्पष्ट देखिन्छ । पीडक वा बलात्कारी पुरुषको दोष देखाइँदैन । बरु उल्टै ढाकछोप गर्ने प्रयत्न गरिन्छ । तराईका केही स्थानमा स्थानीय पञ्चायत तथा जनप्रतिनिधिसमेत बसी पीडकमाथि कारबाही गर्नुको सट्टा उल्टै उही बलात्कारीलाई बलात्कृत भएकी महिला विवाह गरी पठाइदिँदा हत्या भएको उदाहरण हाम्रासामु मानव लज्जाका रूपमा एकपछि अर्को गरी दोहोरिइरहेका छन् । यसका लागि सरकारले एसिड आक्रमण नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरेको ऐनजस्तै कडा र निर्मम सजायको व्यवस्था गर्नु जरुरी छ । यसका साथै जनचेतनालाई तीव्रता दिई महिला सशक्तीकरणको अभियानलाई अघि बढाउनु जरुरी छ ताकि पीडित आफंै निर्भीकताका साथ बोल्न सकून् र मुकाबला गर्न सकून् ।

(Visited 40 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

आफ्नै भए पनि, दक्ष त खोजौं

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका...

एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ...

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

कोरोना संक्रमणबाट आज थप ३ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बिहीबार नेपालमा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रुपन्देही, अर्घाखाँची र चितवनमा एकएक जनाको मृत्यु भएको...

ट्रेन्डिङ

अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग...

बागलुङ जिल्ला हुँदै घर हिँडेका मजदुरको -यापिड टेष्ट

बागलुङ । लकडाउनले काम विहिन भए पछि पैदल यात्रा मार्फत बागलुङ हुँदै आफ्नो घर हिँडेका मजदुरहरुको बागलुङका स्वास्थ्य परीक्षण गरिएको छ...

सुदूरपश्चिममा २१ सेना सहित १०१ जनामा कोरोना संक्रमण

धनगढी। सुदूरपश्चिममा मंगलबार नेपाली सेनाका २१ सहित १०१ जनामा कोरोना संक्रमण देखिएको छ । मंगरबार डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नेपाली सेनाका २१ सहित...

७ वर्षिया बालिकालाई कोठामा लगेर बालात्कार गर्ने पक्राउ

तुलसीपुर । बलात्कार अभियोगमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ७ बर्षकी बालिकालाई ललाईफकाई कोठोमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ बाट १७...

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक...

सर्लाहीको लालबन्दीमा एकैदिन २ कर्मचारीसहित २४ जनामा कोरोना पुष्टि

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा आज (बिहिबार) एकै दिन २४ जना नयाँ कोरोना संक्रमितहरु थपिएको छ । हिजो (बुधबार) २ सय ३८ जनाको थ्रोट...

मकवानपुरमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने...

होम क्वारेन्टाइनका कारण कोरोना संक्रमणको जोखिम बढ्यो

बैतडी । बैतडीमा होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि समुदायमा संक्रमणको जोखिम बढ्दै गएको छ । भारत तथा अन्य मुलुकबाट फर्केकाहरु...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

बढी भाडा लिने सवारीसाधन कार्वाहीमा

तनहु । पृथ्वीराजमार्ग अन्तरगत चल्ने विभिन्न सवारीसाधनहरुले मनोमानी ढंगबाट यात्रुसंग चर्को भाडा लिने गरेको गुनासो आएपछी त्यस्ता सवारीसाधन माथी कार्वाही सुरू गरेकाे छ । जिल्ला...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी...

अनिलको संगीतमा नरेन्द्र प्यासीको स्वर

काठमाडौं । गीत लेखन संगीत सिर्जनमा व्यस्त रहेका अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल...’...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)