बैतडी । बैतडीमा कोरोना संक्रमितको संख्या ४१० पुगेको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएसंगै बैतडीका संक्रमितको संख्या ४१० पुगेको हो ।
आज पुष्टि हुनेमा सुर्नया गाउँपालिका ५ का ३३ बर्षीय पुरुष रहेका जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले जानकारी दिए । संक्रमण पुष्टि हुने ती पुरुष भारतबाट फर्किएर होम क्वारेन्टाइनमा रहेका सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।
जिल्लामा ४१० जनामा संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भइसकेको छ । हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९ ,दोगडाकेदार गाउँपालिकाका ४६ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २९, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ ।






