शहर सुन्दर बनाउने यी पौखरी हातहरु (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणको कारण अहिले सिंगै शहर त्रस्त छ । शहरमा बस्नेहरुका लागि मुखमा मास्क अनिवार्य जस्तै बनेको छ भने सामाजिक दुरी परिपालना अर्को सर्त बनेको छ ।

समय समयमा हात धुनु र सेनेटाइजर प्रयोग गरेर हिंड्नु भन्ने सन्देश विभिन्न सञ्चार माध्यमले लगातार जस्तो दिइरहेको छ । तर, काठमाडौका सडकमा थुप्रिएका फोहोर उठाएर शहरलाई प्रदुषणमुक्त बनाउने जिम्मा पाएका परिश्रमि मान्छेहरुका लागि भने सचेतना जगाउने ति सन्देशले खास अर्थ राख्दैन ।

उनीहरुलाई सँधै स्थायी डरले सताउछ ‘अधिकारका लागि बोलौं भने हाकिम रिसाउने पो हुन् कि ? उनीहरुलाई अर्को कुरा पनि थाहा छ हाकिम रिसाए भने करार फेरि नियुक्त नहुन पनि सक्छ

काठमाण्डौको कोटेश्वर सडकमा भेटिएका यी श्रमजीबी मजदुरहरु सडक विभागका कर्मचारी हुन् । सडकमा जम्मा भएको टिप्दै बिसर्जन गरेर शहरलाई स्वच्छ बनाउन भुमिका निर्वाह गर्छन् । शहरमा मान्छे र सवारी साधनका कारण सयौं किलो धुलो दैनिक संकलन गर्छन् र त्यसको विसर्जन गरेर सडकलाई चिल्लो र सफा राख्न मद्दत गर्छन् ।

खासमा यी परिश्रमी हातले आफुले श्रमको मुल्य पाएको अनुभुति गर्न पाएका छैनन् । उनीहरु हरेक दिन मेहनतपूर्वक काम गर्छन् तर, कसैले पनि उनीहरुको कामको ‘वाह’ भनेर तारिफ गरेको छैन । सिमित श्रोत र साधनमा दैनिक ज्यालादारी र करारमा काम गरेका उनीहरुका लागि धुवाँ धुलोसंग काम गर्नु सामानय जस्तै हुन थालेको छ ।

दुईदशकदेखी काम गरेका यी श्रमिकलाई अहिलेसम्म थाहा छैन ‘प्रमोशन’ के हो । उनीहरुले आफ्नो अधिकारका लागि बोलिदिने पात्र पनि भेटेका छैनन् अहिलेसम्म । उनीहरुलाई सँधै स्थायी डरले सताउछ ‘अधिकारका लागि बोलौं भने हाकिम रिसाउने पो हुन् कि ? उनीहरुलाई अर्को कुरा पनि थाहा छ हाकिम रिसाए भने करार फेरि नियुक्त नहुन पनि सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन