ठाडोभाका गीतका सर्जक दुराको जन्मघरमा संग्रहालय

????????????????????????????????????


लमजुङ । लमजुङमा मौलिक पहिचानका रूपमा रहेको ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको जन्मघरलाई स्मृति संग्रहालय बनाइएको छ । नगरपालिकाको सहयोगमा सर्जक दुराकै स्मृतिमा संग्राहलय निर्माण गरिएको हो ।

मध्यनेपाल नगरपालिका– १० को हाँडीखोला स्थित ठूलो वर्धन गाउँमा रहेको देउबहादुर दुरा जन्मे, हुर्के र आफ्नो जीवन समर्पण गरेको घरलाई नै नगरपालिकाको विशेष सहयोगमा संग्रहालयको रूपमा विकास गरिएको हो । एक औपचारिक कार्यक्रमका विच सोही नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले शिलापत्र अनावरण गरी उद्घाटन गरे ।

वि.सं. १९४७ फागुन ८ गते जन्मिएका देउबहादुर दुराले आफ्नो जीवनकालमा करापुटारमा लाग्ने शिवरात्री मेला लगायतका चाडपर्वमा ठाडोभाका गीत गाएरै यसलाई समाजमा चिनाएको स्मृति संग्रहालयका अध्यक्ष पूर्णबहादुर दुराले बताए । उनले भने ‘दुराको जन्मदिन फागुन ८ गतेकै दिन स्मृति संग्रहालयको उद्घाटन गरिएको हो ।’ सो क्षेत्रमा करिब १ सय ६५ घरधुरी रहेकोमा अधिकाँश दुरा जातिको बसोबास रहेको छ संग्रहालयले अल्पसंख्यक दुरा जातिको गौरव बढाएको छ उपाध्यक्ष श्रीप्रसाद दुराले बताए । उनले भने, ‘नगरपालिकाबाट कुल १८ लाख रुपैयाँ सहयोग र करिब १० लाख रुपैयाँ बराबरको जनश्रमदानबाट संग्रहालय निर्माण गरिएको हो ।’

हाँडीखोला क्षेत्रका नास्के, वर्धन, सिम्ले, डाँडागाउँ, गैरीगाउँ, ठलेवर्धन, कोँक्रा गाउँबाट स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमका आमासमुह, यामबहादुर दुरा, कविमाया दुरा र वुद्धिमान दुरा धम्पु लगायतका समुहले ठाडोभाका गीत गाउँदै मनोरञ्जन गराएको स्थानीय अगुवा डिलबहादुर दुराले बताए । सो अवसरमा स्थानीय युवाक्लवमा आवद्ध युवायुवती र विद्यार्थीको नृत्य सँगै घाँटु, कृष्णचरित्र नृत्य पनि प्रस्तुत गरेका थिए ।

हट्टाकट्टा र बलियो शरिर भएका देउबहादुर दुराले ठाडोभाका गीतको सिर्जना गरेर त्यो बेलामा मेलापात गर्ने, बनमा घाँस दाउरा गर्नेहरू तथा गोठालो जानेहरूमा बीचमा समेत ठाडोभाकालाई लोकप्रिय बनाएको गाउँका अग्रजहरूले बताउने गरेको स्मृति संग्रहालयका अध्यक्ष दुराले बताए । उनका अनुसार करिब ४८ वर्षको उमेरमा वि.सं. १९९५ सालको फागुनमा देउबहादुरको मृत्यु भएको हो ।

मेयर पाण्डेले स्वर्गीय देउबहादुर दुराले ठाडोभाका जस्तो नितान्त मौलिक गीतको सिर्जना गरेर त्यसका माध्यमले कुनै जाति, ठाउँ र गाउँ विशेषलाई नभई सिंगो लमजुङलाई चिनाउने काम गरेको बताए । उनले भने, ‘देउबहादुर दुरा समाजमा थोरै मान्छेले मात्रै गर्न सक्ने फरक खालको काम गरेर नेपाली मौलिक गीतलाई दुँनियामा चिनाएकाले सबै भाषा, भाषी, जात, धर्म र जिल्लाबासीले उत्तिकै सम्मान र श्रद्धापूर्वक स्मरण गर्नुपर्ने व्यक्तित्व भएकोले नगरपालिकाले यो स्मृति संग्रहालय निर्माण गरेको हो ।’

उनले देउबहादुर दुरा विधिवत् रुपमा दर्ता भई संग्रहालय व्यवस्थापन, स्मृति उद्यान निर्माण, शालिक निर्माण जस्ता योजना बनाएर अघि बढ्न स्थानीयबासीलाई आग्रह गर्दै नगरपालिकाका तर्फबाट सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘दुराकै स्मृतिमा देउबहादुर दुरा मार्ग निर्माण गरी स्तरोन्नति सँगै कालोपत्रेको प्रक्रिया अघि बढिसकेको र त्यसका लागि विश्व बैंकले सहयोग गरेको छ ।’

कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ले नेपाली गीत–संगीत क्षेत्रलाई ठूलो गुन लगाएको बताए । उनले भने, ‘प्रतिष्ठानले यो वर्षदेखि ठाडोभाकाको प्रतियोगिता समेत थालनी गरेको छ, यसले भावीपुस्तालाई उनको ’boutमा चिनाउने आधारहरू निर्माण हुनेछ ।’

उनले दुरासँगै उनका सहयात्री पञ्चैसुब्बा गुरुङ, नाचमा साथ दिने भैरे रानाभाट लगायतका सर्जकलाई पनि भुल्न नहुने बताए । मध्यनेपाल नगरपालिकाका नगरका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्काले संग्रहालय निर्माण गरेर स्रष्टाहरूको योगदानको कदर गर्ने राम्रो संस्कारको थालनी भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘यस कार्यले नेपालको मौलिक संस्कृतिको संरक्षणमा मद्दत गर्ने र यस्तो कार्यमा लाग्ने अभियान कर्मीहरूको कदर हुने बताए । सोही नगरपालिका– १० का अध्यक्ष रामचन्द्र भण्डारीले हाँडीखोलालाई नमुना गाउँका रुपमा चिनाउने, लोक संस्कृतिको अनुपम गन्तव्यका रुपमा विकास गरिने बताए । उनले भने ‘दुराको शालिकसमेत निर्माण गर्ने नगरपालिकाको योजना छ ।’

परम्परागत घुमाउने स्वरुपमा रहेको खरको छानोले छाइएको उक्त घरलाई संग्रहालयमा परिणत गरी देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसंग सम्बन्धित सामग्री संग्रहित गरिने भएको छ । हालसम्म देउबहादुरको योगदानको खोजी गर्न नसकिएकोमा संग्रहालयकै माध्यमबाट उनका विषयमा थप जानकारी संकलन गरिने बताइएको छ । उक्त, संग्रहालय निर्माणका लागि स्थानीय चन्द्रमान दुरा, भीमबहादुर दुरा, हस्तबहादुर दुरा र दलबहादुर दुराले जग्गादान गरेका हुन् । उनीहरूले दान गरेको पाँच रोपनी जग्गालाई संग्रहालय हाता बनाइएको वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए । उनले भने, ‘त्यस जग्गामा देउाहादुरको शालिक समेत निर्माण गरिने भएको छ, उक्त जग्गाको स्थानीय मूल्य दश लाख रुपैयाँभन्दा बढी पर्दछ ।’

कार्यक्रममा दुरा सेवा समाजका केन्द्रीय सदस्य सुबेदार चन्द्रबहादुर दुरा, दुरा सेवा समाजका जिल्ला अध्यक्ष डम्बरध्वज दुरा, कास्कीका अध्यक्ष लालजंग दुरा, देउबहादुरका नाति यामबहादुर दुरा, जग्गादाता चन्द्रमान दुरा, गणेशमालिका माविका अध्यक्ष शंकर विष्ट लगायतले स्वर्गीय सर्जक दुराको स्मरण गर्दै उनको योगदान र जीवनी ’boutमा प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्कृति संरक्षण एवं कृषिमेलाको आयोजना गरिएको थियो । जसमा स्थानीबासीले उत्पादन गरेका कृषि तथा फलफूल र तरकारीबाली समेत प्रदर्शनी गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 648 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रेम सम्बन्ध टुटेपछि अब विवाह नगर्ने जरीनको घोषणा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी