खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती ट्याक्टर दुर्घटना हुँदा दिप्रुुङचुईचुम्मा गाँउपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

सदरमुकाम दिक्तेलबाट किराना पसल (दोकान)को सामान बोकेर दिप्रुुङचुईचुम्मा गाँउपालिका–७ टेम्मातर्फ जादै गरेको गरेको १ त ६६८० नम्वरको ट्याक्टर लफ्याङको जोरआँप भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घट्नामा परि राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

राईलाई ट्याक्टरको ट्रलीले किचेको थियो । ६ जना सवार ट्याक्टर खाल्डाखूल्डी सडकका साथै ओभरलोडका कारण साँघुरो घुम्तीमा ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घट्नामा परी टेम्माकै हरी मुग्राती सामान्य घाईते भएका छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ भने चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी