Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश १लेक लागेर मकालु बेस क्याम्प गएका युवकको मृत्यु

लेक लागेर मकालु बेस क्याम्प गएका युवकको मृत्यु

,
sharethis

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ बर्षीय बिवेक श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।

श्रेष्ठको शिवधारा पुगेर फर्केने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राती सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी खाँदबारी –३ का सुसिल कार्कीले जानकारी दिनु भयो । सदरमुकाम खाँदबारीबाट १२ गते ७ जना युवाहरुको टोली बेस क्याम्प तर्फ लागेका थिए ।

श्रेष्ठसहितको टोली शिवधारा दर्शन गरिसकेर मकालु बेस क्याम्प जाँदै गर्दा बाटैमा स्वास्थ्यमा समस्या देखिएको पछि याङ्लेखर्क भन्दा केही तलको एक होटलमा राखिएको यात्रामा सहभागी कार्कीले बताए । श्रेष्ठको लेक लागेर शुक्रबार राती सुतेकै स्थानमा मृत्यु भएको हुन सक्ने प्रहरी प्रमुख मल्लले बताए ।

घटनापछि मृत्तकश्रेष्ठको शव लिन मकालु बेस क्याम्प उडेको हेलिकप्टर खराव मौसमका कारण नै रोकिएको थियो । शनिबार घटनास्थल तर्फ उडेको हेलिकप्टरले आइतबार बिहान मात्रै शव लिएर सदरमुकाम खाँदबारी आइपुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

(Visited 123 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका...

मनसुनजन्य विपद्ले जेठयता ६६ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौ । यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

महानगरपालिकाको नयाँ भवन निर्माण ठेक्कामा व्यवसायीको मिलेमतो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माण गर्न लागेको नयाँ भवन निर्माण ठेक्का आफ्नो हातमा पार्न व्यवसायीले सेटिङ मिलाएको पाइएको छ । काठमाडौं महानगरपालिकाले समानान्तर निर्माण...

पोखराका मेयर मानबहादुर जिसी १९ दिनपछि डिस्चार्ज

  पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १९ दिनको उपचारपछि डिस्चार्ज भएका छन् । मस्तिष्क पक्षघातबाट पीडित उनको काठमाडौं बाँसबारीस्थित न्यूरो सर्जन अस्पतालमा उपचार हुँदै...

ट्रेन्डिङ

प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

झिमरुक । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस...

को पुग्ला निजामती सेवाको सर्वोच्च पदमा ?

काठमाडौं । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)