आईएमईपे एपमा मोबाइल उपहारको अफर

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीको संख्या १० लाखभन्दा बढीपुगेको छ ।यससहित एप डाउनलोड गरेर आफैं वा एजेन्टको सहयोगमा आईएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वितहुँदै आएको छ ।
डाउनलोड १० लाख पुगेको अवसरमा ‘आईएमई पे’बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत उपहारस्वरूप प्रदान गरिनेछ ।
विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दाबढीघरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आईएमई डिजिटल सोलुसन लिमिटेडकाअध्यक्ष हेमराज ढकाल बताउँछन् ।
नेपालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो । एपमार्फत प्राप्त गर्न सकिने सेवालाई विविधिकरण गर्दै सेवाग्राहीको माग अनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर अघि बढिरहेको छ । पछिल्लो समयमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण सामाजिक सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिट्यान्सलगायतका थुप्रैसेवासेवाग्राहीको पहुँचमा पु¥याउन र एपमार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्न ‘आईएमई पे’ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ ।
कम्पनीब्रान्ड, सन्तुष्ट सेवाग्राही, समयसमयमा ल्याइने सेवाग्राहीमुखी अफर र स्वदेश तथा विदेशमा विद्यमान व्यापक व्यावसायिक सञ्जालको सुविधाले पनि ‘आईएमई पे’ले डिजिटल वित्तीय सेवामा आफ्नो अब्बल उपस्थिति जनाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी