प्रदेश १ मा थपिए १६४ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा सोमबार १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् । सुनसरीकै धरानमा २६ महिला र १५ पुरुष, कोशी गाउँपालिकामा १ महिला १ पुरुष, दुहवी र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा २२ महिला १५ पुरुष, मिक्लाजुङमा २ महिला ३ पुरुष, बुढीगंगामा ४ पुरुष, जहदामा २, कटहरी, केराबारी, सुनबर्षी र बेलबारीमा १–१ जना, झापाको दमक र स्थानीय तह नखुलेका १–१ महिला, ताप्लेजुङको फक्ताङलुङमा १ पुरुष, धनकुटामा १ महिला , ते¥हथुमको म्याङलुङका १ पुरुष र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख २८ हजार १४८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित