नोकिया २.४ एआई—पार्वड क्यामेराको साथ सार्वजनिक

काठमाडौं । एचएमडी ग्लोबल, होम्स फर नोकिया फोनले आइतबार नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेसनले नाइट मोड र पोट्रेट मोडसहित एडभान्स इमेज सुविधा दिन्छ। यसमा ६.५ इन्च एचडी प्लस स्क्रिन रहेको छ ।

दुई दिनसम्म टिक्ने ब्याट्रीका कारण चिन्ताबिना मजाले चलाउन सकिनेछ । फिंगरप्रिन्ट र फेस अनलकका साथ सहज पहुँच र थप सुरक्षाको लाभ लिन सकिन्छ । यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाका साथ आउँछ जसमा तीन वर्षसम्मको मासिक सक्युरिटी अपडेट र दुई वर्षसम्मको ओएस अपडेट रहेको छ । यसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

एआई इमेजिंगबाट फ्युल्ड विस्तृत नाइट र पोट्रेट सट
नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिङका साथ नोकिया २.४ले अँध्यारो अवस्थामा पनि जीवन्त विवरण खिच्न अनुमति दिन्छ । पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डका साथ रचनात्मकता बाहिर ल्याउन सकिन्छ । नयाँ पोट्रेट इडिटरका साथ खिचेका तस्बिर लामो समय पछि पनि तत्काल सेयर गर्न योग्य बनाउन र अनुपम सटका लागि रिफोकस र सम्पादन गर्न सकिन्छ ।

६.५ इन्चको स्क्रिनमा दीर्घकालीन मनोरञ्जनको आनन्द
सेल्फी नोचका साथ ठूलो एचडी प्लस डिस्प्लेले स्क्रिनलाई अधिकतम बनाउँछ । जसले आफ्नो लोकप्रिय सोमा डुब्न चाहनेका लागि सुलभ मूल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ । यसका साथै, नोकिया २ दायराबाट अपेक्षा गरेका दुई दिनसम्मको ब्याट्री लाइफमा अटल रहँदै, नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ । जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ ।

फिनिस रुटबाट प्रेरित टाइमलेस डिजाइन
नोकिया २.४ ले आधुनिक आवश्यक चिज ल्याउँदछ । सुविधाजनक फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकको साथ उपकरणमा छिटो र सजिलो पहुँचयोग्यलगायत बहुउपयोगिता प्रदान गर्छ । थ्रिडी न्यानो—टेक्स्चर्ड कभरका कारण हातमा सुरक्षित रूपले बस्छ ।

एन्ड्रोइड ११—का लागि तयार
नोकिया २.४ ले एक सुव्यवस्थित इन्टरफेस र कुनै ब्लोटवेयरबिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो सुरक्षित र अपटुडेट वाचा प्रदान गरेको छ । एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा तीन वर्षको मासिक सुरक्षा अपडेट र दुई वर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधा र सुरक्षाको मज्जा सुनिश्चित गरेको छ ।

मूल्य र उपलब्धता
नोकिया २.४ ग्रे रंगमा २जीबी -याम र ३२जीबी रोमका साथ आएको छ । नोकिया २.४ अब नेपाली बजारमा १४ हजार ५ सय ९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे