बलात्कारी राजेन्द्रलाई पिडितसंग मिलापत्र गराउने पक्राउ

बझाङ । जबरजस्ती करणीमा संलग्न राजेन्द्र बोहोरालाई पिडित परिवारसंग मिलापत्र गराउनेलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार जस्तो जघन्य अपराधमा स‌ंलग्नलाई गाउँमै मिलापत्र गराउने ६ जनालाई जिल्ला प्रहरी कार्यालय बझाङले सोमबार नियन्त्रणमा लिएको छ ।

जबरजस्तीकरण गर्न खोजेको घटनालाई गाउँमा मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका – २ का गल्फे बोहरा, लाल बहादुर बोहरा, धनचडी बोहरा, थमकला दमाई, पिरु दमाईं र वडा नं. ३ का झलक दमाईं लाई सोमवार पक्राउ गरेको हो ।

गएको २९ साउनमा मष्टा गाउँपालिका –२ की १३ वर्षीय एक बालिकालाई गाउँ नजिकै रहेको घट्ट गएका वेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले जबर्जस्ती करणी गरेका थिए । उक्त घटना ६ जनाले गाँउमै बसेर कागज बनाई मिलापत्र गरेका थिए । बालिकाको पेटमा बच्चा बसेमा राजेन्द्र बोहराकै जिम्मा लगाउने गरी कागजात समेत बनाएका थिए । पाँच सय रुपैयामा घटना ढोक छाप गरेको आरोपमा नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरिक्षक रुपक खड्काले बताए ।

उक्त घटना घटेको डेढ महिनापछि राजेन्द्रले १२ वर्षीय सम्झना कामीलाई गाँउ नजिकै मन्दिरमा बलात्कार गरि हत्या गरेपछि मात्रै सो घटना सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?