किर्ते गरेको आरोपमा दुईजना पक्राउ

धनकुटा । धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् ।

फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालयबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकाले । भीमको विवरणमा हडिनको फोटो टाँसेर निकालिएको नागरिकताको प्रतिलिपिबाट हडिनले राहदानीसमेत लिए । त्यसपछि भीमले पनि पुनः आफ्नो नागरिकता हराएको भनी तेस्रो प्रतिलिपि लिएका छन् । हडिनले नागरिकता प्रतिलिपि तथा राहदानी र भीमले पनि नागरिकता प्रतिलिपि लिईसकेपछि अनुसन्धान गर्ने क्रममा उनीहरुको कर्तुत खुलेको हो ।

‘उमेर कम देखाउँन हडिनले नागरिकता किर्ने गरेको पाईयो । विदेश जाने, लोकसेवा भिड्ने लगायत उमेर हद हुँने प्रयोजनमा दुरुपयोग गर्न नागरिकता किर्ते गरेको देखिन्छ ।’ एसपी अधिकारी भन्छन–‘किर्ते गरेको पत्ता लागेर मुद्दा दर्ता भएपछि फरार रहेका हडिन धरानमा आफ्नो परिचय ढाँटेर बस्दै आएका रहेछन् । हामीले पत्ता लगाएर समातेका हौ ।’

नागरिकता र राहदानी किर्ते गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले २०७६ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो । जाहेरी परेको १६ महिनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नागरिकता तथा राहदानी किर्ते मुद्दाका उनीहरुलाई जिल्ला अदालतमा म्याद थप गरी घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित