नेमकिपाबाट १०८ नेकपा प्रवेश

भक्तपुर । शतप्रतिशत नेमकिपाका जनप्रतिनिधि रहेको भक्तपुर नगरपालिका वडासदस्यसहित १ सय ८ जना नेकपा प्रवेश गरेका छन् । नेमकिपाबाट भक्तपुर नगरपालिकामा निर्वाचित वडासदस्य विश्वराज शिल्पकारसहित १ सय ८ जनालाई नेकपाले पार्टी प्रवेश गराएको हो ।

भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा नेमकिपा नेता रामेश्वर बोहरा, निर्वाचित जनप्रतिनिधि विश्वराज शिल्पकार, नेमकिपा भक्तपुर नगरपालिका वडासचिव रमेश न्याईच्याई, सुनिल ग्वाछालगागतको नेतृत्व नेकपा प्रवेश गरेका हुन् ।

त्यस्तै, पार्टी प्रवेश गर्नेमा कान्छाकाजी खत्री, अनिल न्यौपाने, विष्णुप्रसाद शिल्पकार, आशराम गोठे, सालिक राम खत्री, हरिबहादुर थापालगायत छन् ।

नवप्रवेशीलाई नेकपा बाग्मती प्रदेश कमिटी सचिव आनन्दप्रसाद पोखरेल, भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, सहइन्चार्ज सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष वचन देउजालगायतले स्वागत गर्दै नेकपामा आएकाको मूल्यांकन नेमकिपामा पार्टी सदस्य लिएको समयदेखिकै हुने बताएका छन् ।

सोही अवसरमा नवप्रवेशीले नेमकिपामा व्यक्तिवादी चिन्तन र राजनीतिक संकीर्णता व्याप्त रहेकाले यसबाट समाज र राष्ट्र विकासमा योगदान दिन नसक्ने निष्कर्षसहित पार्टी परित्याग गर्नुपरेको बताए । नेकपा पार्टी मात्र नभई एउटा आन्दोलन नै भएको भन्दै उनीहरूले ‘सुखी नेपाली र समृद्ध नेपाल’ अभियानमा योगदान गर्न आफूहरू नेकपा प्रवेश गरेको जिकिर गरेका छन् ।

पूर्वमन्त्री एवं नेकपा बाग्मती प्रदेश कमिटी सचिव आनन्दप्रसाद पोखरेलले नेकपा नेतृत्वको सरकारले राष्ट्रियता, जनजीविका र विकास निर्माणलगायत क्षेत्रमा युगान्तकारी काम गरेको स्मरण गर्दै सरकारका उपलब्धीलाई पार्टीले जनतासम्म लैजानुपर्ने आवश्यकता औंल्याए । सरकारप्रति विपक्षीले जनतामा भ्रम छरिरहेकोतर्फ सचेत हुँदै नेता–कार्यकर्ताले त्यो भ्रमबाट मुक्त गर्नुपर्ने उनको भनाइ छ ।

नेकपा केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति ‘भिष्म’ले कुनै बेला देशव्यापी रूपमा राम्रो संगठन बनाएको नेमकिपा सही नेतृत्व र कार्यदिशा नहुँदा भक्तपुर नगरमै सीमित भएको भन्दै निकट भविष्यमा ‘त्यो पनि नरहने’ जिकिर गरे ।

चाँगुनारायण नगरपालिका प्रमुखसमेत रहेका नेकपा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज सोमप्रसाद मिश्रले भक्तपुरमा नेमकिपाले ‘सामन्ती सत्ता चलाएको’ आरोप लगाए ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी