रौतहटमा डिजे साउन्ड प्रतिबन्ध

गौर । जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को स्वरमा संचालन गरिने डिजे साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आदेश जारी गरी कुनै पनि कार्यक्रममा दिजे बजाउन प्रतिबन्ध लगाएका हुन् । रौतहटमा धार्मिक, सामाजिक एवम् राजनीतिक लगायतका कार्यक्रममा चर्को स्वरमा डिजे बजाईदा ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सदभावमा प्रतिकुल असर परेको र त्यसबाट दुर्घटना समेत निम्तिएकोले यस्तो कदम चालिएको प्रजिअ यादवको आदेशमा उल्लेख छ ।

जिल्ला सुरक्षा समिती, जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको संयुक्त बैठकले पनि रौतहट जिल्ला भित्र डिजे साउन्ड सिस्टम बन्देज गर्न सिफारिस गरेको थियो । डिजे साउन्ड सिस्टमले शान्ति सुरक्षा भंग हुने, समुदायमा बाधा विरोध र जनस्वास्थ्यमा गम्भीर असर हुने जिप्रका रौतहटको निष्कर्ष रहेकोले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख छ ।

प्रतिबन्ध लगाएपछि पनि डिजे साउन्ड सिस्टमको प्रयोग गरे सिस्टम जफत गरी कानुनी कारवाही गरिने आदेशमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हिंसात्मक घटनाको जिम्मेवार आयोजक नै हुन्छन् : गृह मन्त्रालय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष