आगामी बिहीबार सूर्यग्रहण लाग्दै, यस्तो हुनेछ असर

काठमाडौं । आगामी बिहीबार अर्थात् यही पुष १० गते यस वर्षको अन्तिम ग्रहण (खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । नेपाली समय अनुसार बिहान ०८:४२ बजेदेखि ११:३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहण असरकारक हुने ज्योतिषी दीपक सुवेदीले बताउनुभएको छ ।

ज्यो। सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताउनु भएको हो । यसै पनि ग्रहण संक्रमणकारक हुने बताउँदै उहाँले भन्नुभयो, ‘सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै, त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरीत फलको भय हुनसक्ने देखिन्छ ।’

ग्रहण अवधिभरि अन्न, जल तथा भोजन ग्रहण गर्न नहुने, स्नान गर्न नहुेन, यो शुरू हुनभन्दा पहिला र अन्त्य भैसकेपछि मात्र स्नानादि गर्नुपर्ने ज्योतिष शास्त्रको मत छ । साथै नांगो आँखाले ग्रहण हेर्न हुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु