बर्दिया । सात महिना बित्यो विद्यालय बन्द भएको । विद्यार्थी सबै घरमा थन्किएका छन् । शिक्षक फुर्सदिला भएका छन् । विद्यार्थी पढाउनमै सधै व्यस्त हुने शिक्षकहरु फुर्सदको समय सदुपयोग गर्दै यतीखेर कोही अनलाइन सिकाई तथा प्रशिक्षणमा जुटेका छन्, कोही प्रविधिसँग जोडिन सिक्दैछन् ।
ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका एक निजी विद्यालयका प्रिन्सिपल भने कौसी तथा छतमा तरकारी खेती गरेर कृषिको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उर्तान कस्सिएका छन् । मुलुकमा लकडाउन सुरु भएर विद्यालय बन्द भएयता ठाकुरबाबा–१ भुरिगाउँस्थित बर्दिया एजुकेशन एकेडमीका प्रिन्सिपल पुस्करराज लामिछानेको दैनिकी फेरिएको छ । विहान सबेरैदेखि साझ नपरुञ्जेलसम्म विद्यार्थीकै बिचमा शिक्षण सिकाई कार्यमा दिन बिताउने प्रिन्सिपल लामिछाने हिजोआज भने आफनै घरको कौसी र छतमा दिन बिताउँछन् ।
छत र कौसीमा माटो बोक्नु, तरकारीका विउँ छर्नु, बेर्ना रोप्नु, तरकारीमा मल हाल्नु, गोडमेल गर्नु, तरकारी रेखदेख गर्नु नै उनको दैनिकी बनेको छ । पहिले खाली देखिने उनको घरको कौसी र छतमा यतीखेर हरियाली छ । छतमा तरकारीका विरुवा लहलह देखिन्छन् ।
ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका एक निजी विद्यालयका प्रिन्सिपल भने कौसी तथा छतमा तरकारी खेती गरेर कृषिको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उर्तान कस्सिएका छन्
उनको छत र कौसी तरकारीका विरुवाले भरिएका छन् । केही विरुवा हुर्कर्दै छन्, केही फुल्न थालेका छन् त केही फलिसकेका छन् । तरकारी खेतीमै उनको समय सदुपयोग भएको छ ।
छत र कौसी हेर्दा उनी कुनै व्यवसायी कृषक जस्तो लाग्छ । अहिले उनको छत र कौसीमा फुलगोभी, बन्दागोभी, भाण्टा, भिण्डी, सिमी, बोडी, लौका, फर्सी, खुर्सानी, मुला, साग लहलह देखिन्छ । बोडी, भाण्टा, खुर्सानी, घिरैला, साग, मुला फलिसकेका छन् । काउली, बन्दागोभी, सिमी, फर्सी, लौका फल्ने तरखरमा छन् ।
टिनको ड्रम, काठको डुड, प्लाष्टिकका बोलत, डब्बालगाएका खेर फलेका बस्तु संकलन गरेर उनले कौसी र छतमा तरकारी फलाएका छन् । ६ महिनायता २ पटक मौसम अनुसारका विभिन्न जातका तरकारी फलाइसकेको प्रिन्सिपल लामिछाने बताउँछन् । यो अवधीमा उनले बजारबाट तरकारी पनि किनेका छैनन् । छतमै फलेको तरकारीले साँझ विहानको तरकारी जोहो भएको उनी बताउँछन् । प्रिन्सिपल लामिछाने भन्छन्, ‘मेहनत गरेर काम गरे हुँदो रैछ । विद्यालय बन्द भएपछि छत र कौसीमै तरकारी रोपेर समय सदुपयोग गर्ने सोच बनाएर लागे । अहिले राम्रो फल पाएको छु । ’
पढाउँदा पनि आन्नद आउथ्यो । अहिले विद्यालय बन्द भएर तरकारी खेती पनि छुट्टै आनन्द आउने गरेको उनी बताउँछन् । सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सके झनै ज्ञान बढ्ने प्रिन्सिपल लामिछानेको भनाई छ । उनी भन्छन्, ‘कृषिको थोरै सैद्धान्तिक ज्ञान त थियो । अहिले व्यवहारमै उर्तादा झनै ज्ञान थपियो, बढ्ता सिकाई पनि भयो । ’ छतका तरकारी खेती गर्दा ठाउँ, समय र पैसाको पनि सदुपयोग हुनुका साथै सिकाई पनि भएको उनी बताउँछन् । घरमै फलेको अर्गानिक तरकारी खान पाउँदा झनै मञ्जा आउने लामिछाने बताउँछन् । मेहनत गरेर लगाएको तरकारी छतभरी फुल्दा, फल्दा देख्दा निकै आन्नद महशुस हुने गरेको उनी बताउँछन् ।
छत र कौसीमा हरियाली देखेपछि ’roundका छिमेकी पनि अहिले उनको खेती हेर्न आउन थालेका छन् । छतमा उक्लनहरु दंग परेर जान्छन् । घर छेवैँमा बाझो जमीन राखेर बजारबाट तरकारी किनेर खानेहरु छतमा तरकारी फलाएको देखेर जिब्रो टोकेर फर्कने गरेको प्रिन्सिपल लामिछाने बताउँछन् । छिमेकीका लागि उनी अहिले उदाहरणीय बनेका छन् । कौसीमा खेती गर्न उनको पत्नी विमलाले पनि निकै सघाएकी छन् । तरकारीमा पानी हाल्ने, गोडमेल गर्ने काममा पत्नी विमलाले सघाउने गरेको प्रिन्सिपल लामिछाने बताए ।