तुलसीपुर । तुलसीपुरमा एक बालिका सामूहिक बालात्कृत भएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातुमा रहेको खाली घरमा लगेर असोज २२ गते राति ११ बजे दुई युवकले बालात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका मौखिक उजुरी परेको डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निबासी विष्णु बुढाथोकी सहित २ जना युवकले बलात्कार परेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
‘बलात्कार गरेको भन्दै ठाडो उजुरी परेको छ,’ डिएसपी सिंहले भने –‘ लिखित रुपमा घटना केहो बास्तविकता खुलाई लेखेर जाहेरी दिनुस कारबाही गर्छु भनेको छु ।’ ठाडो निवेदनका आधारमा प्रहरीले आरोपी युवकको खोजी थालेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)






