बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा स्काभेटर दुर्घटना हुँदा सहचालक घाइते भएका छन् ।
दमेकको बुढिखर्कदेखि देउरालीखानी जाने सडकमा शनिबार बिहान स्काभेटर दुर्घटना हुँदा सहचालक १७ बर्षीय सागर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मगरलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइदै गरेको जिप्रका बागलुङले जनायो । स्काभेटरको ड्राइभर शिवरात्री मनाउन घर गएको र अहिले सम्पर्क बिहिन भएकाले के कारणले दुर्घटना भयो भन्ने ’boutमा जानकारी प्राप्त नभएको जिप्रका बागलुङले जनाएको छ ।
स्काभेटर सडकबाट करिव ३ सय मिटर तल जंगलमा खसेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)