इटहरीमा बुधबारदेखि पीसीआर परीक्षण नहुने

इटहरी । इटहरीमा पीसीआर परीक्षण नहुने भएको छ । इटहरी उपमहामनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटगनरमा स्वाब जाँच गर्ने किट अभाव भएका कारण स्वाब परीक्षण नहुने भएको हो ।

‘वीपीले र प्रदेशले पनि हामीले पठाएको किट नलिने भएकाले अहिले जाँच गर्न रोकिएको हो,’ उनले भने, ‘जाँच गर्ने किट नै नभएका कारण तत्कालका लागि हामीले परीक्षण नगर्ने भएका हौँ ।’

तत्कालको समयमा स्वाब नपठाउन प्रदेश र वीपी पतिष्ठानले भनेअनुसार आँफूहरुले स्वाब संकलन नगर्ने निर्णय गरिएको उनले बताए ।

इटहरी उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘प्रदेश प्रयोगशाला विराटनगर तथा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाई परीक्षण गराउने, परीक्षणको नतिजा जानकारी गराउने तथा आवश्यक व्यवस्थापकीय कार्य गर्दै आएकोमा हाल दुईवटै ल्याबमा परीक्षणको लागि प्रयोग हुने रिएजेन्टको अभाव भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा रिएजेन्ट प्राप्त भई सेवा प्रारम्भ नहुँदासम्म स्वाब संकलन गर्ने कार्य स्थगित गरिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित