आज मध्यान्नअघिसम्म संक्रमणबाट थप ५ जनाको मृत्यु

फाइल तस्वीर

काठमाडौं । बुधबार मध्यान्न अघिसम्म कोराना संक्रमणले विभिन्न जिल्लामा थप ५ जनाको मृत्यु भएको छ । सुनसरी, मोरङ, लमजुङ र नवलपरासीमा संक्रमितको मृत्यु भएको हो । मोरङको सुन्दर हरैचा र बुढीगंगामा १–१ जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर पाँचकी ४९ वर्षीया महिला र विराट शिक्षण अस्पतालमा बूढीगंगा–३ बाँसबारीका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा होम आइसोलेसनमा बसेका ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बेशिशहर नगरपालिका–२ लमजुङका ५६ वर्षिय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ६ सय ६८ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन