Monday, July 26, 2021
Homeप्रदेशसांसद साहद्वारा परियोजनाको अनुगमन, गुणस्तरीय काम गर्न निर्देशन

सांसद साहद्वारा परियोजनाको अनुगमन, गुणस्तरीय काम गर्न निर्देशन

,
sharethis

गौर । रौतहट क्षेत्र नम्बर ३ का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटमा जारी शहरी विकास लगायतका पूर्वाधार निर्माण कार्यको अनुगमन गरेका छन् ।

नेपाल सरकारका विभिन्न मन्त्रालय, खासगरी सहरी विकास मन्त्रालयबाट निर्माणाधिन परियोजनाको प्रगति बुझ्न सांसद साह जिल्लाको विभिन्न ठाउँमा पुगेका हुन् । जिल्लाको मौलापुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिकामा निर्माणाधीन सडक, नाला, भवनलगायतको पूर्वाधारको प्रगति बुझ्न पुगेका सांसद साहले निर्माण कार्यमा भएको ढिलाईप्रति आक्रोशित बनेका थिए ।

सांसद साहले ठेक्केदारलाई गुणस्तरमा ध्यान दिन तथा समयमै काम सक्न निर्देशन दिए । आफुले मिहिनेत गरेर परियोजना सुरु गराएको तर काममा ढिलाई हुँदा दुखी भएको प्रतिक्रिया दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले भने, ‘स्थानीयकै संलग्नतामा डिपिआर गराएर, करोडौंको योजना गराएका हौं तर मुल ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा लगाएर कामको गतिलाई रोकिदिएको छ । पेटी ठेकेदाले चोर शैलीमा पैसा जोगाउन कमसल काम गर्ने गरेको छ । यो प्रवृत्ति रहुन्जेल विकास सम्भव छैन । यस्ता प्रवृतिलाई अन्त्य हुनुपर्छ ।’

‘रौतहटका गाउँ गाउँमा सडक, नाला, पुललगायतका पूर्वाधार निर्माण गर्ने अभियान कसैले चाहदैमा रोकिदैन । तर यसका लागि जनताको सक्रियता जरुरी छ’ सांसद साहले भने, ‘यसका लागि गुणस्तरीय काम गर्न ठेकेदारलाई सबै पक्षले दबाब दिनुपर्छ ।’

अनुगमनमा सहभागी रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आवश्यक पर्ने सबै परिस्थितिमा रचनात्मक भुमिका खेल्न आफु सधै तयार रहेको बताए ।

रौतहटमा मौलापुर, गरुडा, कटहरीया, गौर तथा चन्द्रपुरमा सहरी विकासका परियोजनाहरु संचालनमा छन् । सहरी विकास मन्त्री रहेका बेला सांसद साहले रौतहट सहित देशैभर सहरी पूर्वाधार निर्माणको जग बसालेका थिए ।

अनुगमनमा सहरी डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर रंजन दास, सम्बन्धित ठेकेदार, नेता एवम् स्थानीय सहभागी थिए ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

नेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले नेपालमै पहिलोपटक व्यावसायिक रूपमा ‘राइस डक फार्मिङ’को सुरुवात गरेको छ । यो फार्मिङ भनेको धानको खेतीभित्र लोकल हाँसको उत्पादन...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

थप २,४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा...

ओलम्पिक टोलीलाई बिदाइ

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा जाने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको टोलीलाई सोमबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...

ट्रेन्डिङ

तिहारमा तीन दिन बैंकका सवै शाखा बन्द हुने

काठमाडौं  । नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले...

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)