कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई पालिका बन्द

संखुवासभा । संखुवासभामा कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुई पालिका बन्द गरिएको छ । धर्मदेवी नगरपालिका र चिचिला गाउँपालिकामा कार्यरत कर्मचारीको कोरोना संक्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको हो । चिचिला गाउँपालिका को एक कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि बुधबार बाट गाउँपालिका बन्द गरिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेपाले जानकारी दिए ।

गाउँपालिकाले सुचना जारी गर्दे अर्को सुचना नआउदाँ सम्म सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका ५ जना कर्मचारीको स्वाव संकलन गरी परिक्षणका लागि पठाएकोमा १ जना कर्मचारीको रिर्पोट पोजेटिभ देखिएको गाउँपापलिका अध्यक्ष शेर्पाले बताए । संक्रमितको अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको हो । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा रहेका अन्यको पनि स्वाव संकलन गरी परिक्षणका लागि पठाईने अध्यक्ष शेर्पाको भनाइ छ । मंगलबार कोरोना पोजेटिभ देखिएका सबैलाई खाँदबारी आइसोलेसनमा राखिने जिल्ला अस्पतालले जनाएको छ ।

त्यस्तै धर्मदेवी नगरपालिकामा एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना पोजेटिभ आएपछि धर्मदेवी नगरपालिका को सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना भाईरस संक्रमण देखिएपछि नगरपालिका र मुडे बजार लगायत कार्यालयहरु बन्द गरिएको धर्मदेवी नगरपालिकाकी उपप्रमुख शोभा घिमिरेले बताइन् । कर्मचारी र जनप्रतिनिधीहरुको स्वाभ परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएपछि बुधबार बाट कार्यालयसँगै बजार पसल समेत बन्द गरिएको उपप्रमुख घिमिरेले जानकारी दिएकी छन् । संक्रमितको कन्ट्याक ट्रेसिङको रिपोर्ट नआएसम्मको लागि गाउँपालिका कार्यालय, शिक्षण सिकाई सहजिकरण क्रियाकलाप र बजार पसल बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै जिल्ला अस्पतालका कर्मचारीमा समेत कोरोना देखिएपछि आइतबार बाट आकस्मिक र प्रसुति सेवा बाहेका सबै सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाहरुको स्वाव संकलन गरी परिक्षणका लागि पठाइएको अस्पतालका निमित्त प्रमुख डा शुन्दर श्याम झाले जानकारी दिए । खाँदबारी कोरोना संक्रमण बढे संगै खाँदबारी नगर क्षेत्रका विद्यालय कक्षाहरु समेत बन्द भएका छन् । बैकल्पीक प्रणाली बाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका अनुसार केही विद्यालहरुले टोलटोलमा गएर र अधिकाम्स विद्यालयमा नै विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न सुरु गरेका थिए । हाल सम्म सङ्खुवासभामा ९६ जनामा कोरोना संक्रमित फेला परेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित