Thursday, April 22, 2021
Home प्रदेश इलाममा एक वर्षमा ४९ नवजात शिशुको मृत्यु

इलाममा एक वर्षमा ४९ नवजात शिशुको मृत्यु

,

इलाम । इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको निधन भएको छ । सन् २०१९ को हालसम्ममा ४९ जना नवजात शिशुको निधन भएको ‘वन हर्ट वल्ड वाइड’ नामको गैर सरकारी संस्थाले पहिचान गरेको हो । वनहर्टले इलाममा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा सन २०१८ देखि काम गर्दै आएको छ ।

जन्मेको २८ दिनभित्र शिशुहरूको मृत्यू भएको हो । त्यसमा सूर्योदय नगरपालिकामा सबैभन्दा बढी मातृ शिशुको निधन भएको पाइएको छ । सूर्योदयमा मात्रै १६जना नवजात शिशुको निधन भएको तथ्यांकमा उल्लेख छ । इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पाँच÷पाँच जना नवजात शिशुको निधन भएको पुष्टि भएको छ ।

एक वर्षको अवधिमा माईनगरपालिका, देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा चार÷चार जना नवजात शिशुको निधन भएको छ । सन्दकपुर गाउँपालिकामा तीन, माङसेबुङ गाउँपालिकामा दुई र रोङ गाउँपालिकामा एक जना नवजात शिशुुले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । अधिकाशं शिशुको घरैमा निधन भएको पाइएको छ । केहीले स्वास्थ्य संस्था लैजादा लैजादै बाटैमा ज्यान गुमाएका छन् । कतिपय शिशुको भने स्वास्थ्य संस्थामानै निधन भएको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा रहेका प्राथामिक स्वास्थ्य संस्थादेखि झापा र मोरङका नाम चलेका अस्पतालहरुमा समेत इलामका नवजात शिशुहरूको निधन भएको पाइएको छ । नवजात शिशुको निधनको एकिन कारण नखुेको भएपनि समय नपुगी जन्मेका शिशु, घरमानै सुत्केरी गराउँदा र नवजात शिशु स्याहारबारे जानकारी नहुँदा नवजात शिशुको निधन हुने गरेको बताइएको छ । वन हर्ट वल्ड वाइटले स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयम सेविका मार्फत पाएको सूचनालाई स्थलगत रुपमा पनि जाँचबुझ गर्ने गरेको छ ।

‘हामीले सूचना पाएपछि स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई लगेरै घटनाको बारेमा बुझ्छौँ’, वन हर्ट वल्ड वाइटका इलाम संयोजक सन्दिप गुरुङले भने,‘अहिले नवजात शिशुको निधन भएमा रिपोर्टिङ गर्ने चलन बढेकाले संख्या बढी देखिएको हो ।’ वन हर्टले एक वर्षमा भएका घट्नाहरूको मात्रै अभिलेखिकरण गर्ने गरेको जनाएको । ‘एक वर्षभन्दा अघि भएका घटनालाई हामी अभिलेखीकरण गर्दैनौ’, कार्यक्रम संयोजक गुरुङ भन्छन्, ‘यसमा जिल्ला बाहिर भएका घटनाहरु पनि समावेश छन् ।’ जिल्ला स्वास्थ्य कार्यालयमा भने जिल्ला बाहिर भएका घटना अभिलेखीकरण हुँदैन । कार्यालयले स्वास्थ्य संस्थामा भएका घटना मात्रै अभिलेखीकरण गर्ने भएकाले सरकारी तथ्यांकमा नवजात शिशु निधनको संख्या कम मात्रै हुने गरेको छ ।

‘स्वास्थ्य संस्थामा भएका घटना मात्रै जिल्ला स्वास्थ्य कार्यालयमा थाहा हुन्छ’, स्वास्थ्य कार्यालय इलामका प्रमुख बृज कुमार दासले भने,‘बाहिरी जिल्लाको स्वास्थ्य संस्थामा भएका घटना त्यहीबाट रिपोर्टिङ हुन्छ, जिल्लाको तथ्यांकमा देखिदैन ।’ बाहिर भएका घटना जिल्लाबाट पनि सूचीकरण गराउँदा दोहोरो पर्ने भएकाले अन्य जिल्लाबाटै स्वास्थ्य सूचना प्रणालीमा दर्ता हुने गरेको छ ।

सुत्केरी महिला या नवजात शिशुको निधन भएको थाहा पाएपनि स्वास्थ्य कर्मीले आफ्नो कार्यक्षमतामाथि प्रश्न उठ्ने डरले स्वास्थ्य कार्यालयलाई जानकारी गराउँदैनन् । स्वास्थ्य संस्था बाहिरका घटना थाहा भएपनि स्वास्थ्यकर्मीले थाहा नभएझै गर्ने गरेका छन् । घटनाको बारेमा जानकारी दिए वन हर्टले महिला स्वास्थ्य स्वयमसेविकालाई सुविधा दिने गरेको छ । त्यसले वनहर्टलाई जानकारी प्राप्त हुने गरेको छ ।

स्वास्थ्य कार्यालयमा करिब २५ प्रतिशत हाराहारीले मात्रै संस्थागत सेत्केरी गराउनेको गरेको तथ्यांक छ । गैर–सरकारी संस्थाहरूले गरेको अध्ययनमा घरमा सुत्केरी गराउनको संख्या निकै कम छ । एक वर्षमा दुई हजार एक सय ६७ महिला सुत्केरी भएका छन् । तीमध्ये घरैमा सुत्केरी गराउनेको संख्या एक सय २८ मात्रै छ । एक हजार आठ सय ४२ जनाले जिल्ला बाहिर गएर सुत्केरी गराएका छन् ।

(Visited 150 times, 1 visits today)
Loading comments...

आजको समाचार

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

साताका लोकप्रिय समाचार

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

बढ्दै छन् गर्भवती अविवाहित किशोरी

बझाङ । चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

दिल्लीमा लकडाउन भएपछि मदिरा पसलमा भिड

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनसम्म लक डाउन हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लक डाउन...

छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन्...

ट्रेन्डिङ

पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले...

राजस्थान रोयल्सको रोमाञ्चक जीतमा सञ्जु नायक

युएइ । आइपीएलअन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । रनको वर्षा भएका उक्त खेलमा राजस्थानले पञ्जाबको २२३ रनको...

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना...

बरको रुखलाई श्रीमानकै सम्मान दिएर मनाइयो बटसावित्री

सप्तरी, राजविराज । पतिको दीर्घ जिवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवती देखि वृद्घा सम्मले मनाउने बटसावित्री पर्व यस पल्ट लकडाउनका कारण अधिकांशले घरमै...

बर्दियामा कोरोना संक्रमितको संक्रमितको संख्या १ सय १० पुग्यो

बर्दिया । बर्दियामा पछिल्लो समयमा कारोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिन थालेको हो । बैशाखको...

दोलखामा कोरोना नियन्त्रणमा सवा ४ करोड खर्च

दोलखा । कोरोना भाईरस (कोभिड–१९) महामारी सतर्कता र रोकथामका लागि दोलखाका ९ ओटा स्थानीय तहहरुले सवा ४ करोड खर्च गरेका छन् । ४ महिनाको अवधिमा...

सांसदले ठेक्का लिए, सडक अलपत्र पारेर छाडे

जुम्ला । नाग्म–गमगढी सडक खण्डमा स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । ठेकेदारको लापर्बाहीले पानी परे हिलाम्मे र घाम लागे धुलाम्मे...

फ्रान्सेली विद्यालय अर्को दुई साता बन्द

पेरिस। कोरोना भाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठान ‘कम्तीमा’ आगामी दुई साता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै...

बम विस्फोटबाट मृतक बालबालिकाका आफन्तबाट अन्दोलनको घोषणा

रोल्पा । बम विस्फोटबाट मृत्यु भएको एक महिना वित्दा पनि उचित न्याय र क्षतिपूर्ति नपाएको भन्दै बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाका आफन्तहरु आन्दोलित...

वुहानवाट फर्किएकालाई परिवारका सदस्यले १४ दिनसम्म भेटन नपाउने

काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ...

सीमामा तमासा देखाएर कोरोना रोकिन्न

केही कमाउने आशमा भारतको गोवा पुगेका नेपाली नागरिक लोकेन्द्र सिर्पाली अहिले गोवामै स्थानीयले उपलब्ध गराएको खाना खाएर बसिरहेका छन् । सामाजिक सञ्लालमार्फत सम्पर्कमा आएका...

प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता

रुपन्देही । प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)