Thursday, June 24, 2021
Home प्रदेश प्रदेश ३ कोरोनाबाट ललितपुरमा मात्रै ४८ जनाको मृत्यु

कोरोनाबाट ललितपुरमा मात्रै ४८ जनाको मृत्यु

,

ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, ‘धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढीरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गरिरहेका छन् ।’

कोभिड सङ्क्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालले जानकारी गराए । लपु महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको छ ।

ती मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको प्रवक्ता राजु महर्जनले बताए । उनले भने, ‘यहाँ जम्मा सङ्क्रमित सङ्ख्या तीन हजार ३४६ र डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ७३१ रहेको छ ।’ कोरोना महामारी बढ्दै गइरहेकाले जनता स्वयं आफैँ जिम्मेवार हुनुपर्ने महर्जनले बताए । ‘यहाँ होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन गर्न ग्राहो भइरहेको छ’, उनले भने ।

यसैगरी महानगरपालिकामा पुरुषभन्दा महिला सङ्क्रमित सङ्ख्या बढी छ । जसमा एक हजार ४८३ महिला र एक हजार ४०२ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका ¥यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताइन् । गोदावरी नगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या १९४ र मृतकको सङ्ख्या पाँच पुगिसकेको नगरपालिकाले जनाएको छ ।

गोदावरीमा कूल सङ्क्रमित सङ्ख्या ३८१ र निको भएर डिस्चार्ज हुने सङ्ख्या १९९ पुगेको छ । गोदावरीले वडा नं ६ टीकाभैरवको आनन्दवन अस्पताल तथा वडा नं ११ को बज्रबाराही चापागाउँ अस्पतालमा आइसोलेसनको व्यवस्था गर्नुका साथै वडा नं ४ बडिखेलको कोरियन होटलमा कवारेन्टाइनको पनि व्यवस्था गरिरहेको प्रवक्ता मिलन सिलवालले बताए ।

महालक्ष्मी नगरपालिकामा सक्रिय सङ्क्रमित ३४७ र हालसम्म तीन नगरवासीले मृत्युवरण गरिसकेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, ‘तीमध्ये होम आइसोलेसनमा ३२५ र अस्पतालको आइसोलेसनमा २२ व्यक्ति रहेका छन् ।’ महालक्ष्मीमा जम्मा सङ्क्रमित सङ्ख्या ६०६ र यसमा स्वास्थ्य लाभ गर्ने २५६ रहेका पोखरेलले जानकारी गराए ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र निरिन्तर रुपमा सचेत पनि गराइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, ‘सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर नगरपालिका विभिन्न वडामा ८० शय्याको क्वारेन्टिनको व्यवस्था गरिरहेका छौँ ।’ अक्सिजन अभावका कारण आइसोलेसनको भने व्यवस्था गर्न नसकेको श्रेष्ठले जानकारी गराए ।

महाङ्काल गाउँपालिकामा सक्रिय सङ्क्रमित पाँच र बाँकी नौ निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । उनले भने, ‘यहाँ जम्मा सङ्क्रमित सङ्ख्या १४ रहेका छन् ।’ कोरोनाको लक्षण देखिएकालाई महाङ्काल विद्यालयमा राख्ने गरेको र वडा नं ३ गोटिखेलमा पाँच शय्याको आइसोलेसन बनाउने तयारी भइरहेको चन्दले जानकारी गराए ।

वाग्मतीमा एक महिने शिशु सङ्क्रमित

दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक महिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आमा सुत्केरी हुन अस्पताल जाँदा आमा र शिशु दुवैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । वाग्मतीका एक व्यक्ति अस्पतालमा, सातको डिस्चार्ज भइसकेको र यहाँ कूल सङ्क्रमित सङ्ख्या १५ मात्र रहेका तिमिल्सिनाले जानकारी गराए ।

कोञ्ज्योसोमका तीन दिनको शिशुमा कोरोना पोजेटिभ

कोञ्ज्योसोम गाउँपालिकाका तीनदिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । २४ देखि २५ वर्षकी सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । उनले भने, ‘यी महिला, शिशु र घरका अन्य दुई परिवार गरेर चार जनामा कोरोना पोजेटिभ देखिएको छ, यहाँ पुरुषको तुलनामा सङ्क्रमित महिला सङ्ख्या बढी नै रहेको छ, भारदेउमा रहेको बैंकका एक कर्मचारीमा कोरोना देखिदा हिजोबाट एक हप्ताका लागि यो बैंक पनि बन्द भइसकेको छ ।’ कोञ्ज्योसोममा सङ्क्रमित सङ्ख्या १३ रहेको महत्वले जानकारी गराए ।

(Visited 151 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

घरमा सुतिरहेकाे बेला आएको पहिरामा पुरिएर तीनको मृत्यु

  राेल्पा ।  अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

चुडामणी शर्मासहित महत र ढकाल विरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर...

साताका लोकप्रिय समाचार

सशस्त्र प्रहरी नियमावलीको बेथिति : आईजीपीका दाबेदार नै डिआईजीमै घर जाँदै ?

काठमाडौं । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) कोषराज वन्तको पालामा असार २०७२ मा सशस्त्र प्रहरी नियमावली २०७२ आयो । त्यसबेला आईजीपी वन्तको सचिवालयका हर्ताकर्ता...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा सरकार

काठमाडौं । पछिल्लो सयम नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान थालेसँगै अहिले सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

ट्रेन्डिङ

आत्महत्याको अन्तर्य : कुरा सुनौ, कुरा सुनाऔं

प्रत्येक मानिसको जीवन जिउँने कला आ–आफ्नै छ, जीवन र जगतप्रतिको दृष्टिकोण बेग्लाबेग्लै छ । हरेकको आरोह–अवरोहको हिसाब–कितापको अर्थ पृथक–पृथक भए तापनि दीर्घजीवनप्रतिको चिरञ्जीवीपन अवश्यम्भावी...

सङ्खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय

किमाथाङ्का । सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी...

भालुवाङ क्षेत्रको भूकम्पीय जोखिमको मापन

तुलसीपुर । लुम्बीनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको छ । त्रिभुवन विश्व विद्यालय भूगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र,...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

राजस्व छल्नु गम्भीर अपराध

बन्दाबन्दी तथा निषेधाज्ञा जारी रहेकै बेलामा पनि निर्माणसम्बन्धी काम र उपभोग्य सामग्रीको ओसारपसारलगायतका केही अत्यावश्यक काम रोकिएनन् । यतिबेला भएका कामको सिलसिलामा उठ्नुपर्ने राजस्व...

थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन...

सभापति देउवाद्वारा उपाध्यायको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । क्यान्सर रोगबाट पीडित...

शाखा अधिकृतका लागि ५१३ पदमा विज्ञापन खुल्यो

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो...

निर्मला बलात्कार र हत्या प्रकरण : एसपी बिष्टसहित ८ प्रहरीले पाए सफाइ

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणमा मुद्धा खेपिरहेका आठैजना प्रहरीले सफाइ पाएका छन् । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट...

साढे ५ लाख घट्यो कृषिको अनुदान

इलाम । कृर्षिलाई व्यवसायिक बनाउनको लागि आर्थिक वर्ष ०७६-७७ कालागि इलाममा छ करोड ७२ लाख अनुदान रहेको छ । जिल्लाका १० स्थानिय तहको कृषिबाली...

भीरबाट लडेर महिलाको मृत्यु

बैतडी । दार्चुलाको मार्मामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । घाँस काट्नका लागि घर नजिकैकको खरबारीमा गएका मार्मा गाउँपालिका ४ थामुका ३५...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)