अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप आए जनम जनम लिएर

शिक्षा क्षेत्र र कलाकारितासंगै समाज सेवामा पनि लागि परेका ब्यक्ति हुन स्वतन्त्रप्रताप शाह । गैह्रआवासीय नेपाली संघसंग बिभिन्न पदमा रहेर प्रवासमा रहेका नेपालीहरूसंग हातेमालो गर्दै अगाडि बढेका शाह नेपाली सिनेमाका नायक पनि हुन् ।

फेसबुक र मेरो भ्यालेन्टाइन नामक चलचित्रका नायक हुन स्वतन्त्र प्रताप शाह । सिनेमाको पर्दामा मात्र होइन,समाज सेवा तर्फको सहभागिता र गैह्रआवासीय नेपाली संघको उठबसले पनि शाहलाई सांच्चै सबैको प्रिय बनाईरहेको छ । सकारात्मक सोच, सहभागिता र सक्रियताका कारण पनि हिरो नै लाग्दछन उनि ।

लामो समयदेखी अष्ट्रेलियामा बस्दै आइरहेका स्वतन्त्रप्रताप शाहले प्रवासी जीवनमा पनि नेपाली कलाकारितालाई छाडेका छैनन् । जहा इच्छा, त्यहां उपाय भने जस्तै उनले आफूसंगै अष्ट्रेलियाका बिभिन्न शहरहरूमा हुने नेपाली सांस्कृतिक लगायत कार्यक्रमहरूमा पनि सहभागिता जनाउंदै आइरहेका छन् ।

एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख शाहलाई अब जनम जनम बोल रहेको गीतको म्यूजिक भिडियोमा देख्न पाईने भएको छ । चर्चित गायक कमल खत्रीको आबाज रहेको यो गीतको भिडियोको छायांकन अष्ट्रेलियाको क्विन्सल्याण्डका बिभिन्न रमणिय स्थानहरूमा गरिएको छ ।

यो भिडियोको निर्देशन राजु कानले गरेका हुन । भिडियोमा स्वतन्त्र प्रताप शाह सशक्त रूपमा उभिएका छन भने भिडियोमा महिला मोडलको रूपमा कृतिमा श्रेष्ठ रहेकी छिन ।

कलाकारितामा लामो यात्रा तय गरेका शाहले जीवनमा नै पहिलोपटक म्यूजिक भिडियोमा काम गरेका हुन ‘ हुन त पहिला पनि अफर आएको थियो । तर त्यतिबेला समय अनुकूल नहुंदा काम गर्न पाइएन । अहिले आएर साइत जुर्यो ‘ शाहले भने । अब राम्रा गितहरूबाट प्रस्ताव आएमा म्यूजिक भिडियोहरूमा पनि सक्रियता बढाउंदै लैजाने जानकारी शाहले दिएका छन । यो भिंडियो गायक कमल खत्रीको यूटुब च्यानलबाट दशैको अबसर पारेर बजारमा आउँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना