अवसरको पूर्ण सदुपयोग गर

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र मन्त्रिमण्डल पुनर्गठन गरेपछि अब उनको मन्त्रिपरिषद्ले हाललाई पूर्णता पाएको छ । उनलाई कुनै पनि काम गर्नका लागि मन्त्रिस्तरीय निर्णय लिन अप्ठेरो पर्ने देखिँदैन । हालको क्याबिनेटको संख्या हेर्दा प्रधानमन्त्री ओली निकट व्यक्तिहरूकै वर्चस्व भएकाले पनि उनलाई महŒवपूर्ण निर्णय गराउन कठिन देखिँदैन । त्यसैले, उनले भकाभक जनप्रिय निर्णय गराएर त्यसको सशक्त कार्यान्वयन गराउनुपर्छ ।

पार्टीमा किचलो र विवादका कारण सधैं आलोचनाको केन्द्र बन्दै आएको सरकार र मन्त्रिमण्डल पुनर्र्गठनको अध्याय अब सापेक्षतामा पूरा भइसकेको छ । मन्त्रिमण्डल पुनर्गठनका ’boutमा पार्टीका वरिष्ठ नेताहरूको मत वा विमत जे आए पनि सरकार गठनको कुरा प्रधानमन्त्रीको अधिकारसँग सम्बन्धित भएकाले पनि यस’bout पहिलेजस्तो चर्को आवाज उठिरहने र विवाद भइरहने देखिँदैन । किनकि पार्टी विवाद समाधान समितिले प्रमका काम कारबाहीमा पार्टीको हस्तक्षेप रहिरहनेछैन भन्ने स्पष्ट पारिसकेकाले यसको नीतिगत रूपमा हल भइसकेको देखिन्छ । अथवा केही विमति देखिए पनि यसले काम नै अवरुद्ध गर्नेगरी व्यवधान खडा हुने अवस्था सिर्जना हुने देखिँदैन । सरकार आफ्नो सोच र अधिकारअनुसार चल्न नदिएको भनी प्रम केपी शर्मा ओलीले पटकपटक आफ्नो कडा विमति राख्दै आएका थिए । पार्टीले पनि सरकारको काममा हस्तक्षेप गर्नुहुँदैन ।

अब उनका अप्ठ्यारा टरेका छन् । मन्त्रिमण्डलले पूर्णता पाएको छ । त्यसमा पनि मन्त्रिपरिषद्मै प्रम एक्लैको दुई तिहाइ संख्या छ । अब काम गर्नका लागि कुनै पनि छेकबार छैन । अब उनको चाहनाअनुसार सरकार हाँक्न प्रम ओलीलाई बाटोमा व्यवधान कल्पना पनि गर्न सकिँदैन । उनका मन्त्रिमण्डलमा रहेका केही मन्त्रीहरूमा कार्यक्षमताको प्रश्न उठाइए पनि ती मन्त्रीहरू उनका पक्षका मात्र छैनन् । यसले गर्दा विवाद उठाउन सक्ने पक्ष पनि अब त तैं चुप मै चुप हुने अवस्थामा पुगेको देखिन्छ । यो भनेको हेर्दा र भन्दा जेजस्तो देखिए पनि व्यवहारमा प्रमका लागि बाटो खुला हुनु हो । अब आफूले गर्न चाहेको काम यो थियो भनी जनस्तरमा अनुभूत हुनेगरी अघि बढाउनु जरुरी भइसकेको छ । जनता अन्तहीन विवादभन्दा पनि काम केही होस् भन्ने चाहन्छन् । जनताको यही इच्छा र चाहनालाई मध्यनजर गरेर प्रम ओलीले मौकामा चौका हान्न सक्नुपर्छ । जनता सेवा र सुविधा चाहिरहेका छन् । अब त दुई तिहाइ र एकमनाको सरकार भन्न पनि जनताले लाज मान्न थालिसकेका छन् । मात्र थोरै केही आशा राखेका छन्, यदि गर्न चाहने हो भने केही भए पनि गर्न समय छ । मन्त्रिमण्डल पूर्णतासँगै यही आशा जनतामा पुनः पलाएको देखिएको छ ।

पूर्ण रूपमा सन्तुष्ट कोही पनि र कहिल्यै पनि हुन सक्दैन । सबैको चित्त बुझ्न र बुझाउन पनि सकिँदैन । तर, सरकारले जनताका माझमा आफूले दिन चाहेको स्पष्ट संकेत दिनेगरी कामको थालनी गर्नु भने जरुरी छ । यसका लागि केपी शर्मा ओलीको सरकारसँग यो नै अन्तिम तर सुवर्ण अवसर हो । यो अवसर गुम्न नदिनका लागि प्रम ओलीले ‘देर से आया, लेकिन सही आया’ भनी जनस्तरमै अनुभूत हुनेगरी केही कदम चाल्नु अनिवार्य भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व