मनोहरा साहित्य समाजको ५३ औं वाचन सम्पन्न

काठमाडौं । मनोहरा साहित्य समाजले आफ्नो ५३ औ सिर्जना वाचन कार्यक्रम भब्य र सभ्य रुपमा ग्लोबल पब्लिक स्कूलमा, टाउन प्लानिङ, पुरानो सिनामंगलमा सम्पन्न गरेको छ ।

 यस अवसरमा भुवन शिवाकोटी, बबिता थापा, भावना न्यौपाने, प्रकाशमणि दाहाल, डा.खगेन्द्र शर्मा, सीता आस्था, दीपक धमला, नूरदेव खनाल, सुनील पुरी, रन्जना पराजुली, शारदा पराजुली, भावकेशर वराल, सुमी लोहनी, घनश्याम प्रसाई, परशुराम पराशर, डा.शेषराज आचार्य, नारायण जनकपुरी, खोमलाल पोखरेल, मन्दिरा मधुश्री, शान्ति शापकोटा, अनुराग अरुण, डा.विदुर चालिसे लगायतका स्रष्टाहरूले आआफ्नो कविता, गीत, लघुकथा, गजल, मुक्तक प्रस्तुत गर्नु भएको थियो ।

प्रमुख अतिथि कालजयी गीतका रचनाकार राजेन्द्र थापा रहनुभएको सो कार्यक्रमको सभापतिमा मनोहरा साहित्य समाजका संयोजक डिल्लीराज अर्याल रहनु भएको थियो । अतिथिका रूपमा रहेका समाजसेवी तथा साहित्यकार गोपाल बरालले कविता सुनाउनु भएको थियो भने अतिथी डा.पुष्करराज भट्टले वाचीत रचनाको संक्षीप्त समिक्षा गर्नु भएको थियो ।

अर्का अतिथि नारायण तिवारीले फेसबुकमा समय खेल नफालेर सीर्जनात्मक काम लघुकथा कुनोको माध्यमबाट साहित्यको सेवा गर्न मन लाग्यो र गरे आज यो मेरो पहिचान बन्न पुगेको छ भनी आफ्नो समय सदुपयोग भएकोमा सन्तुष्टि ब्यक्त गर्नु भएको थियो । मनोहरा साहित्य समाजको गतिविधी ’boutमा स्वागत मन्तब्यको क्रममा सभापती डिल्लीराज अर्यालले प्रकाश पार्नु भएको थियो ।

प्रमुख अतिथी वरिष्ठ गीतकार थापाले कवितामा सरल सहज र स्वभाविक बिम्व प्रयोग गरेर धेरैको मन छुने सीर्जा गर्न सकियो भने स्रोतालाई मुग्ध हुन्छन् र त्यस्तो रचनाका कालजयी बन्छ भन्नु भएको थियो । कार्यक्रममा कपिल अर्याल, डिल्लीरमण सुवेदी लगायतका साहित्यकार साहित्यानुरागीहरुको उपस्थितिले मनोहरा साहित्य समाजको कार्यक्रम भब्य बनेको थियो । कार्यक्रम शीतल गिरीले संचालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी