Tuesday, October 27, 2020
Home अर्थ कोरोना कहर : ऋणले थलिँदैछन् होटल व्यवसायी

कोरोना कहर : ऋणले थलिँदैछन् होटल व्यवसायी

इलाम । इलामलाई पूर्वकै राम्रो पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा लिने गरिन्छ । यहाँको अनेक क्षेत्रलाई पर्यटनसंग जोडेर प्रचारप्रसार हुन्छ । त्यसैले पर्यटकीय गतिविधि बढाउन संघ प्रदेश र स्थानीय तहले बजेट लगानी गरिहेका छन् । पर्यटनको राम्रो सम्भावना भएकाले नीजि क्षेत्रको लगानी पनि बर्षेनी बढ्दो छ । तर, कोरोना माहामारीपछि पर्यटकीय गतिविधि ठप्प हुँदा निजी क्षेत्रका लगानीकर्ता नराम्रोसंग प्रभावित भएका छन् । उनीहरु बैंकको ऋण तिर्न नसकेर थलिने अवस्थामा पुगेका छन् ।

पर्यटकी नगरीको रुपमा चिनिएको इलामको सूर्योदय नगरपालिका–८ मा एक वर्ष अघि १५ करोड लगानीमा होटल ‘स्टन ब्लू’ खुल्यो । होटलमा लगानी गरेका नरेन्द्र रिजालले एनआईसी एशिया बैक बाट ऋण लिएका थिए । झापाको शिवसताक्षी नगरपालिका–११ का रिजालले अघिल्लो वर्षको दशैको मुखबाट होटल सञ्चालन शुरु भएको थियो । होटल शुरु गरेको छ महिना वित्न नपाउँदै गएको चैत ११ गतेदेखि भएको लकडाउनसंगै होटल पनि बन्द भयो ।

होटल सञ्चालन शुरु भएको छ महिना वित्न नपाउँदै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएपछि होटल बनाउन बैकबाट लिएको ऋणको किस्तानै बुझाउन गाह्रो भएको स्टन ब्लुका सञ्चालक नरेन्द्र रिजाल बताउँछन् । ‘महिनाको छ लाख रुपैयाँ बैंकको लकडाउनको चार महिनामा एक रुपैयाँ पनि कारोवार भएन’, रिजालले भने, ‘होटल थालेकै वर्ष कोरोना माहामारीका कारण व्यवसाय बन्द भएपछि ऋण माथि ऋण थपिएर थलानै परियो ।’

बंैकको मासिक किस्ता नतिर्ने ऋणीलाई कालोसूचीमा राख्थ्यो । माहामारीपछि नेपाल राष्ट्र बैंकले लोनको २० प्रतिशत लगाईदिने भनेपछि मासिक किस्तामा केही सहज भएको रिजाल बताउँछन् । राष्ट्र बैंकले लगाइदिने किस्ताले ऋण लिएको बैंकमा तत्काल कालोसूचिमा पर्नबाट जोगिने मात्रै हो । बैंकले दिएको सहुलियत पनि ऋणकै रुपमा बढ्दै जान्छ । यसबाट व्यवसायीलाई केही राहात भएपनि बैंकको ऋण भने बढिरहेको उनले बताए । ‘किस्ता निर्त नसेपछि ऋण दिनदिनै बढिरहेको छ, लकडाउन अन्त्य भएपनि आम्दानी भएको छैन’, रिजालले भने, ‘लकडाउन खुलाएपनि आवतजावत नहुँदा अहिले पनि व्यवसायमा मन्दिनै छ, बैंकको ऋण अहिलेपनि पाँच करोड ऋण छ ।’

सूर्योदय नगरपालिका वडा नं. ५ को अन्तुमा स्थापना गरिएको होटल ‘माउण्ट भिजन रिसोर्ट’ गत वर्षको माघ महिनादेखि सञ्चालनमा आएको थियो । ४० लाखको लगानीमा बनाइएको होटल सञ्चालन थालेकोे दुईमहिना पछि नै कोरोना संक्रमणका कारण लकडाउँन घोषणा भएपछि बन्द भयो । लकडाउन पछि बन्द भएको होटल अहिले पनि खुलेको छैन । माउण्ट भिजन रिसोर्ट बनाउन होटल सञ्चालक मनोज कुमार केसीले सनराईज बैँक र झापाको एक सहकारीबाट ऋण लिएका छन् ।

बंैकबाट त्रैमासिक रुपमा ५० हजार रुपैयाँ किस्ता बुझाउने गरी ऋण लिएको भएपनि अहिले उनलाई किस्ता तिर्न धौधौ छ । सहकारीमा हालसम्ममा एक लाख १७ हजार रुपैयाँ तिर्नुपर्नेछ । सहकारीमा मासिक रुपमा बुझाउनुपर्ने रकमको जोहो गर्न नसकेपछि सहकारीको व्याज पनि सावा बराबरकै ऋणमा परिणत गरेको केशीले बताए । ‘ऋण काडेर पर्यटकीय क्षेत्रमा रिसोर्ट बनाउन थाले, सञ्चालन शुरु गरेको दुई महिनामै बन्द भयो’, केशी भन्छन्,‘ व्यवसायनै बन्द भएपछि आम्दानी सुको छैन, ऋण बढेको बढेकै छ ।’ सरकारले होटल खुलाउने निर्णय गरेपछि पाँच जना कामदार राखेर होटल खुलाएका थिए । तर पर्यटक नभएपछि कामदारलाई घर पठाएर परिवारकै दुईजनाले होटल खोलेर बसेका छन् । तर, पर्यटक नभएपछि होटल रुघ्ने भन्दा अरु केही नभएको केशीले बताए ।

यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

कोरोनाको माहामारी पछि देखिएको आर्थिक संकटका कारण इलाम सदरमुकाममा चलिरहेका होटलहरु धमाधम बन्द हुन थालेका छन् । थप आर्थिक क्षति ब्यहोर्न नसक्ने भन्दै व्यवसायीले हाटल बन्द गरेर घरधनीलाई चाबी बुझाउन थालेका हुन् । इलामको चोक बजारको बसपार्कमा २५ वर्षदेखि सञ्चालनमा रहेको तमु होटल कोरोना कहरकै कारण बन्द भयो । होटल सञ्चालक हिमा गुरुङ्गले थप आर्थिक क्षति व्यहोर्न नसक्ने अवस्था आएपछि व्यवसाय बन्द गर्नुपरेको बताउँछिन् ।

बसपार्कमै रहेको गजुरमुखी होटल सञ्चालन गरिरहेका कृष्ण राईले भदौको शुरुदेखि नै होटल चलाउन छाडेका छन् । बसपार्कमै होटल हाम्रो पोखरेली होटल चलाइरहेका बिजय राई पनि बसपार्कको होटल बन्द गरेर ठाउँ सर्दैछन् । उनी बसपार्क भन्दा अपायक पर्ने ठाउँको निर्माणाधिन घरमा होटल चलाउने तयारीमा छन् ।

होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले लकडाउँन यता जिल्लामा सञ्चालित ठूलो लगानीको होटलबाट दैनिक ४० हजार हाहारहारी, मझौला लगानीका होटलबाट होटलबाट २० हजार हाहारहारी र साना होटललाई छ हजार रुपैयाँ नोक्सानी हुने अनुमान गर्छन् । ‘१० देखि १५ लाख सम्म लगानीमा खुलेका साना होटलहरु सामानय रुपमा चलेको भएपनि कर्जा लिएर ठूलो लगानीमा बनाइएका होटल बढि समस्यामा छन्’, पौडेलले थपे,‘सरकारले अन्य विभिन्न क्षेत्रका व्यवसायमा अनुदान समस्यामा परेका होटल व्यवसायमा लगानी नगरेका कारण व्यवसायनै संकटमा परेको हो ।’

होटलमा गरिएको सवै लगानी व्यसायीकै हुने भएकाले कोरोनाका माहामारी पछि उत्पन्न भएको आर्थिक संकटका कारण थला परेको पौडेलले बताए । ‘पर्यटन क्षेत्र पुरानै अवस्थामा नफर्किएसम्म सरकारले अनुदान दिए निजी क्षेत्रबाट धानिएको व्यवसायीलाई केहि सहज हुने थियो’, उनले थपे ‘बैंकबाट ऋण लिएर व्यवसाय गरेकाहरुलाई केही समस्या देखिने वित्तिकै बैंकहरुले झन तागेता गर्ने र थप ऋण पनि नदिने भएकाले व्यवसाय धान्नै समस्या भएको हो ।’

(Visited 65 times, 1 visits today)
Loading comments...

आजको समाचार

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

साताका लोकप्रिय समाचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

पाँच दिन काेराेना बुलेटिन बन्द

 काठमाडाै‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशैंका कारण...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति...

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी...

ट्रेन्डिङ

उद्धार, राहत र पुनःस्थापनाका काममा परिचालित हुन नेकपाको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको बैठकले सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवाविद्यार्थीमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्धार, राहत र...

२४ खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई...

आशालाग्दो अवस्था

नेपालमा पछिल्ला केही दिन यता कोरोना संक्रमण भएका व्यक्तिको संख्या थपिएको छैन । यो हाम्रा लागि निकै खुसीको विषय हो । पछिल्लो...

हेलचेक्र्याइँ, सीमा अतिक्रमण र अबको बाटो

भारतद्वारा नेपालको भूमि लिपुलेक भूभाग हुँदै मानसरोवर जाने मोटरबाटोको मे ८ तारिखमा उद्घाटन गरेको समाचार प्रकाशन भएपछि नेपालमा भारतको विस्तारवादी र अतिक्रमणकारी नीतिको व्यापक...

पाटनलाई उपाधि

काठमाडौं । पाटन बहुमुखी क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ । न्यु समिट कलेजको आयोजनामा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट...

सर्लाहीको लालबन्दीमा एकैदिन २ कर्मचारीसहित २४ जनामा कोरोना पुष्टि

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा आज (बिहिबार) एकै दिन २४ जना नयाँ कोरोना संक्रमितहरु थपिएको छ । हिजो (बुधबार) २ सय ३८ जनाको थ्रोट...

विपन्नलाई सुनिताको सहयोग

काठमाडौं । गायिका सुनिता दुलालले मृगौला पीडित ओम कृष्ण भण्डारीलाई आर्थिक सहयोग गरेकी छिन् । मृगौला पीडित भण्डारी छातीमा खराबी र पाचन क्रियामा समस्या...

‘कोरोना संक्रमित भनिएको बर्दियाको नार्खु भन्ने ठाउँ जिल्लामै छैन’

बर्दिया । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको ठेगाना र संख्यासहित शनिबार विहान बर्दियाको नार्खु–११ की १ जना महिला भनेर विज्ञप्ती निकाल्यो । तर बर्दियामा नार्खु...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

जग्गादाताले आन्दोलन गर्ने

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)