संखुवासभा । संखुवासभामा पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यू भएको छ । कोरोना संक्रमणका कारण धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षिय पारथमणी पौडेलको मृत्यू भएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । ७९ वर्षिय वृद्धको शनिबार मृत्यु भएको हो ।
बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पिसिआर परिक्षणका लागि पठाएको थियो । विहिबार आएको रिर्पोटमा पौडेलको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पौडेललाई संक्रमण देखिएपछि एम्वुलेन्स उनको घरमा गएपनि उनि आइसोलेसनमा जान मानेका थिएनन् ।
आइसोलेसनमा नगएका पौडेलको घरमै मृत्यू भएको हो । कोरोना संक्रमित वृद्धको शव नेपाली सेना गर्न जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । कोरोना संक्रमित शवलाई पिलुवाखोला ब्यवस्थापन गर्न धर्मदेवी नगरपालिकाले जनाएको छ ।जिल्लामा हालसम्म १ सय १५ जना कोरोना संक्रमण देखिएको छ । हाल सम्म ८१ जना निको भएर घर फर्किसकेका छन् ।






