आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक पाइने

काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठकोे समयलाई लक्षित गरी आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो भन्ने विशेष उपहार योजना र्सावजनिक गरेको छ । योजनाअन्तर्गत आई पे रेमिटको मलेसियालगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । यस योजनाको अवधि कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म रहने छ ।

उपहार कार्यक्रमअन्तर्गत दैनिक रूपमा सात जनाले प्रेसर कुकर उपहार जित्न सक्नेछन् । साथै साप्ताहिक रूपमा हरेक साता एक जना भाग्यशाली विजताले टिभी जित्नेछ । तथा एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप बाइक जित्न सकिनेछ । सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्रमार्फत गरिनेछ र सोको जानकारी आईपे रेमिट प्रालिको आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिनेछ ।

आईपे रेमिट प्रालिले आफ्नो स्थापना कालदेखि नै ग्राहकलाई छिटो, छरितो तथा सर्वसुलभ रूपमा आफ्ना देशभरि छरिएर रहेका १० हजार साझेदारबाट रकम भुक्तानी साथै नेपालका बैंक तथा वित्तीय संस्थामा तुरुन्तै पैसा जम्मा (रियल टाइम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको कुरा कम्पनीका मार्केटिङ तथा सेल्स प्रबन्धक रूपनारायण श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन