उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा अधिकांश जनप्रतिनिधिका परिवार र स्वास्थ्यकर्मीका परिवार रहेका छन् । त्रियुगा नगरपालिका– ११ गाईघाटका जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नालका आमा ६९ वर्षीय महिला, उनकै श्रीमती ३० वर्षीय महिला, उनकै बहिनी ३८ वर्षीय महिला, उनकै छोरी १४ वर्षीय किशोरी रहेका छन् ।

त्यसैगरी त्रियुगा नगरपालिका– ११ गाईघाटकै ३१ वर्षीय पुरुष, त्रियुगा नगरपालिका– १० बोक्सेका ३९ वर्षीय पुरुष, ३६ वर्षीय पुरुष, त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षीया महिला, त्रियुगा नगरपालिका– १३ असारीका २४ वर्षीय पुरुष, २३ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी कटारी नगरपालिका– ४ का २७ वर्षीय पुरुष, ३८ वर्षीया महिला, ६० वर्षीय पुरुष, ३८ वर्षीया महिला, ५५ वर्षीय पुरुष, ५० वर्षीया महिला, ३२ वर्षीय पुरुष, कटारी नगरपालिका– ३ का ५० वर्षीय पुरुष, ४५ वर्षीया महिला, १९ वर्षीया महिला, १७ वर्षीय पुरुष, कटारी नगरपालिका– ५ का ६५ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

संक्रमित सबैको असोज २८ गते स्वाब संकलन गरी प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा परिक्षण गरिएको थियो । केही दिन अघि संक्रमित हुनेमा बेलका नगरपालिका– ८ का ३२ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष, २२ वर्षीया महिला, बेलका नगरपालिका– ९ का ४५ वर्षीय पुरुष, २० वर्षीय पुरुष, बेलका नगरपालिका– ४ का २८ वर्षीया महिला, २० वर्षीया महिला, बेलका नगरपालिका– ६ का ४२ वर्षीय पुरुष, बराह क्षेत्र नगरपालिका– १० का ५१ वर्षीया महिला, चौदण्डीगढी नगरपालिकाका २५ वर्षीया पुरुष र त्रियुगा नगरपालिका– ५ देउरीका ३४ वर्षीया महिला उनको छोरी ५ वर्षीया बालिका र त्रियुगा नगरपालिका– ११ गाईघाट संगमटोलका ५४ वर्षीया महिला रहेका छन् ।

उदयपुरमा धमाधम जनप्रतिनिधिहरुमा कोरोना संक्रमण देखिन थालेको छ । पछिल्लो समय जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नाल र बेलका नगरपालिका नगर प्रमुख दुर्गाकुमार थापालाई कोरोना पोजिटिभ देखिएको हो । यसले समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिएको पुष्टि गरेकोछ । बेलका नगरपालिका– ८ का ५४ वर्षीय नगर प्रमुख, बेलका नगरपालिका स्वास्थ्य शाखाका अहेब सप्तरीको कन्चनपुर नगरपालिकाका ४० वर्षीय पुरुष, बेलका नगरपालिकाका कर्मचारी सुनसरीका बराहक्षेत्र नगरपालिका– १० का १८ वर्षीया महिला, बेलका नगरपालिका– ९ रामपुरका ४५ वर्षीय पुरुष, बेलका नगरपालिका– ९ का २८ वर्षीय पुरुष र प्रमुख प्रशासकिय अधिकृतको चालक ४२ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।

केहि दिन अघि नगर प्रमुखका ८२ वर्षीय बुबालाई उपचारका क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोराना देखिएपछि कन्ट्रयाक्ट टेसिङ्गमा नगर प्रमुखसहितलाई कोरोना देखिएको हो । जिल्लामै पहिलो पटक सोही नगरपालिकाका ६५ वर्षीय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना भाईरस नियन्त्रणको अभियान लिएर गाउँ पसेका जनप्रतिनिधिलाई नै कोरोना पोजेटिभ देखिएपछि उदयपुरको बेलका नगर क्षेत्रमा फेरी त्रास फैलिएको छ । बेलकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएकोले त्यहाँका जनजीवन अहिले त्रसित छन् । जिल्ला समन्वय समिति प्रमखुलाई भने केही दिन अघि आमाको उपचारमा बिराटनगरस्थित अस्पतालमा पुगेका उनलाई त्यहीँबाट कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ ।

बिराटनगरबाट जिल्ला फर्किएका उनी आउन साथ शंका लागेपछि सरकारी निवासमै बस्दै आएका थिए । जिल्ला स्वास्थ्य कार्यालयले स्वाब संकलन गरेको स्वास्थ्य प्रमुख मोहन सुबेदीले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई उदयपुर कोभिड १९ अस्पताल बेल्टारमा राखेर उपचार गराई राखेका छन् । त्रियुगा नगरपालिका– ३ भुल्केबाट उदयपुरमा सुरु भएको कोरोना भाइरस भुल्केपछि सबै भन्दा बढी बेलका नगर क्षेत्रमा संक्रमित देखिएका छन् ।

बिभिन्न मुलुकबाट फर्किएर आएर क्वारेन्टिनमा बस्दै आएकाहरुलाई कोरोना संक्रमण पुष्टि हुँदै आएता पनि पछिल्लो समय स्थानीयबासी र जनप्रतिधिनिहरुमा देखिन थालेको हो । उदयपुरमा कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ ।

उदयपुरमा संक्रमित भएकाहरुलाई चौदण्डीगढी नगरपालिका– ६ सातधारेस्ति कोरोना उपचार केन्द्र बेल्टारमा राखेर उपचार गराई राखेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले बताए । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिलासहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए ।

संक्रमित मध्ये हाल सम्म त्रियुगा नगरपालिकामा २६ महिला ६२ पुरुष गरी ८८ जना, बेलका नगरपालिकामा १८ महिला ३९ पुरुष गरी ५७ जना, कटारी नगरपालिकामा १२ महिला २१ पुरुष गरी ३३ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा ५ महिला ६ पुरुष गरि ११ जना र ताप्ली गाउँपालिकामा ३ गरि उदयपुरमा हाल १ सय ९६ जना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले अहिलेसम्म २ हजार १ सय २ जना महिलासहित ८ हजार ९९ जनाकोे पिसिआर परीक्षण गरिएको छ । त्यस मध्ये ६३ जना महिला सहित १ सय ९६ जना कोरोना संक्रमण पुष्टि भएका छन् ।

बाहिर स्वाब परिक्षण गरेको समेत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्ग अनुसार उदयपुरमा २ सय ९५ जना कोरोना संक्रमित रहेको त्यस मध्ये १ सय ७२ जना निको भएर घर फर्किएको र १ सय २३ जना आईसोलेसनमा उपचार भई रहेको र २ जनाको मृत्यु भएको उल्लेख छ । उदयपुरमा अहिले होम क्वारेन्टिनमा १८ सहित ४ सय ७२ जना रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी