Tuesday, October 20, 2020
Home प्रदेश प्रदेश १ भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म कर्मचारी नियुक्ति भएनन्

भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म कर्मचारी नियुक्ति भएनन्

इटहरी । इटहरी उपमहानगरपालिकाले कर्मचारी आवश्यकताका लागि भनेर एक बर्ष अगाडि नै विज्ञापन प्रकाशित गरेपनि भागबन्डा नमिल्दा अहिलेसम्म पनि कर्मचारी नियुक्ति भएका छैनन् ।

आफ्ना मान्छे नपर्ने र भागबण्डा नमिलेका कारण सूचना प्रकाशित भएको एक बर्षसम्म कर्मचारी नियुक्ति नभएका हुन् । उपमहानगरपालिका कार्यालयले १ असोज २०७६ मा एक पत्रिकामा सूचना प्रकाशित गर्दै करारमा कर्मचारी आवश्यकता भएको र थप गर्नका लागि अन्तर्वार्तामा सामेल हुन भनेको थियो । तर, सूचना प्रकाशित भएको एक बर्ष वितिसक्दा समेत कर्मचारी नियुक्ति भएको पाईँदैन ।

यसअघि उपमेयर लक्ष्मी गौतमले सेटिङमा सबै आफ्ना मान्छे नियुक्ति गर्नुपर्छ भनेको विवादास्पद अडियो समेत बाहिरिएको थियो । विज्ञापन प्रकाशनको ६ महिनासम्म पनि कर्मचारी नियुक्ति नगरेको उपमहानगरपालिकाले ६ चैत्र ०७६ मा एक सूचना जारी गर्दै अन्तर्वार्ताको मिति परिवर्तन भएको जनाएको थियो । कोभिड १९ को कारण देखाउँदै उपमहानगरपालिकाले उल्लेखित पदहरुको अन्तर्वार्ताको मिति सारिएको जनाएको थियो । सूचना प्रकाशित भएको ६ महिनासम्म पनि कर्मचारी नियुक्ति नगरेको इटहरीले चैत्रमा कोभिडको कारण देखाउँदै कर्मचारीको अन्तर्वार्ताको मिति सरेको जनाएको थियो ।

१८ जना कर्मचारी करारमा राख्ने तयारी भएपनि १६ जनाले भने लिखित परीक्षा नै नदिईकन अन्तार्वार्तामा सामेल गराउन खोजिएको समेत बाहिरिएपछि उपमहानगरपालिका कार्यालयले अघिल्लो पटक रातारात सूचना जारी गर्दै अन्तर्वार्ताको मिति सारेको थियो । दुईजना कम्प्युटर अपरेटर र बाँकी १६ जनालाई कार्यालय सहयोगी राख्ने तयारी भएकोमा सहायकका लागि आह्वान गर्नेहरुले लिखित परीक्षा नदिएको खुलेको छ ।

कर्मचारी र जनप्रतिनिधि बीचको द्वन्द्ध र कमिसनमा हुने भागबण्डाको विवादले यसअघि पनि इटहरीमा समस्या हुँदै आएको छ । केही जनप्रतिनिधिले कमिसनको लोभ र दलको दबाबमा आँफू निकटका व्यक्ति र दलका कार्यकर्तालाई कर्मचारीमा नियुक्त गर्ने योजना बनाएपनि कर्मचारीका कारण अन्य मान्छे नियुक्ति नभएको बुझिन्छ । ‘जहाँ भागबन्डा मिल्दैन, त्यहाँ समस्या हुन्छ’ भनेजस्तै इटहरीमा लामो समय अगाडिदेखिको अन्य विवाद समेत अहिलेसम्म मिलेको पाईँदैन ।

यो पनि पढ्नुहोस   नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन

एक कर्मचारीका अनुसार उपमहानगरपालिकाले सूचना नै जारी गरेर आह्वान गरेको कर्मचारी नियुक्तिका लागि उनीहरुले परीक्षा दिनुभन्दा अगाडि राजश्व तिरेकाले अनिवार्य रुपमा अन्तर्वार्ता गराउनुपर्ने हुन्छ । ‘करारमा कर्मचारी लिदाँ राजश्व तिरेकाले परीक्षा चैँ अनिवार्य गराउनुपर्छ,’ उनले भने, ‘यही मितिमा भन्ने त हुँदैन, तर एक बर्षसम्म कर्मचारी नियुक्ति नगरिनु लज्जास्पद हो ।’

यता, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई फोन सम्पर्क गर्दा उनको फोन नउठेपछि उपमेयर लक्ष्मी गौतमलाई फोन गर्दा गौतमले आँफूलाई थाहा नभएको बताईन् । आफूलाई केही पनि थाहा नभएको भन्दै उनले रेडिमेट जवाफ दिइन् । फोन सम्पर्कमा उनले राजधानीसँग भनिन्, ‘खोई मलाई त थाहा छैन, नियुक्ति भएका छैनन् होला ।’

यसअघि गौतमले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईँलाई आफ्ना मान्छे राखिनुपर्ने भन्दै धम्की दिएको अडियो गत १२ भदौमा सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिईन् । उपमेयर गौतमकै कारण केही समय अगाडि इटहरी उपमहानगरपालिकामा कार्यरत बरिष्ठ इन्जिनियर अर्जुन दाहाल सँगै अन्य केही कर्मचारीले समेत राजीनामा दिएका थिए । अन्य करारमा रहेका कर्मचारीहरुलाई पनि भ्रष्ट्राचारको आरोपमा निकाल्दै आफ्नो मान्छे नियुक्त गर्ने गरेको पोल समेत यसअगाडि खुलेको थियो ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

साताका लोकप्रिय समाचार

तीन हप्तामा एक १०३ जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतको फरार सुचीमा रहेका १०३ जनालाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अदालतबाट अन्तिम फैसला भई कैदी भुक्तान...

क्यान्सर पीडित भोजराजलाई सहयोगको अपिल

काठमाडौं । बिगत केही महिनादेखी क्यान्सरबाट पीडित भोजराज निरौलाको उपचारका लागि परिवारका सदस्यले सहयोगको अपिल गरेका छन् । ‘बिगत केही महिनादेखी मेरो बुबाको घाँटीको...

‘तिम्रो प्यारमा छु’

काठमाडौं । दर्जनौ चर्चित गीतहरुका गायक जगदीश समाल र नेपाल आइडल फेम्ड गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक...

कोरोना कहर: सुरक्षाकर्मीलाई नै झुक्याउँदै सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतिमा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिन सरकार अझै आनाकानी गरिरहेको छ । कोरोना महामारी सुरु झण्डै...

काेराेना संक्रमणबाट १० दिनकाे अन्तरमा दाजुभाईको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेमा कोरोना संक्रमणबाटै एकैघरका दाजुभाईको मृत्यु भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई सदस्यको १० दिनको...

ट्रेन्डिङ

निषेधाज्ञामा खाद्यान्नको समस्या नहुने

काठमाडौं । सरकारले निषेधाज्ञामा समस्या नहुने गरी खाद्यान्न मौज्दात रहेको दाबी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चामलमात्रै ९५ हजार २...

मातृ प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सर्वोच्चबाट सरकारसँग लिखित कारण माग

काठमाडौं । प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण...

खाना पकाउने ग्यासको खपत आधा घट्यो

काठमाडौं । महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ । महिना दिनअघि बजारमा खाना पकाउने एलपी...

भक्तपुरको तलेजु मन्दिरमा यसपाली बडादशैंमा बलि नदिइने

 भक्तपुर । यस वर्षको बडादशैंँमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज बसेको जिल्ला प्रशासन कार्यालय...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

टाइम्स र ऋतलाई उपाधि

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत फुटसलमा मंगलबार च्याम्पियन...

चापागाउँमा फुड बैंक : हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं

चापागाउँ (ललितपुर) । नारै आकर्षक छ, ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं ।’ प्रत्येक बिहान चापागाउँ बज्रबाराही मन्दिर मुख्यद्वारमा यो नाराअघिल्तिर लस्कर लाग्नेको ताँती...

राष्ट्रिय कविता महोत्सव स्थगन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागिएको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरिएको छ । प्रज्ञा–प्रतिष्ठानले एक सूचना प्रकाशित...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

बारा । बाराको एक स्थानिय तह भ्रष्टचारमा लिप्त भएको आरोप लागेको छ । युवा समुह बाराले सो आरोप लगाएको हो । युवा समुहले उपमहानगरसँग...

रौतहटमा दम्पतीमाथि धारिलो हतियारले आक्रमण

रौतहट । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ...

अलैंची विकास केन्द्र आलुको विउ उत्पादन गर्दै

इलाम । अलैची खेतीमा रोग लाग्नाले किसान निराश छन् । अलैचीमा छिर्के, फुर्के रोग, गानो कुहिने रोगसँगै फैलिएको झाँग सुक्ने रोगका कारण किसानका बगानमा...

सामाखुशीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

(Visited 80 times, 1 visits today)