प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई दसैँ भत्ता नलिनका लागि आग्रह गरे ।

दसैँ भत्तावापतको रकम कोरोना कोषमा जम्मा गरी कोरोना नियन्त्रण र उपचारमा खर्च गर्ने निर्णय भएको गुरुङले जनाकारी दिए ।

सरकारले मन्त्री, सांसद र सांसदका स्वकिय सचिवलाई दशैंभक्ता दिएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र साझा पार्टीले विज्ञप्ती निकालेर दशैं भक्ता दिने सरकारको प्रवृत्तिको विरोध गरेपछि मन्त्रीपरिषदले प्रधानमन्त्रीलगायतको दशैंभक्ता कटौतिको निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते