Monday, May 17, 2021
Home भर्खरै निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

पहिले अनुसन्धानमा तानिएका र नयाँ अनुहार पनि निगरानीमा

,

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु-याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।

यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए ।

‘अनुसन्धानका लागि प्रहरीका धेरै टोली सक्रिय छन्, पुराना मिसिल पुनः अध्ययन गर्ने तथा शंकास्पद पुराना तथा नयाँ अनुहारमाथि उच्च निगरानी राखिएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कडायतले राजधानीसँग भने ।

‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ’

उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् ।  ‘पहिले अनुसन्धानमा तानिएका र छुटेकाहरूको मुद्दा टुंगिएको होइन, आवश्यक परे फेरि पनि अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । नयाँ अनुहार पनि निगरानीमा छन्,’ प्रवक्ता कडायतले थपे ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने नीति लिएपछि सुस्त रहेको अनुसन्धानले फेरि तीव्रता लिएको हो । महानिरीक्षक क्षेत्रीले पदभार सम्हाल्दा नै सो घटनालाई टुंगोमा पु-याउने बताएका थिए ।
‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

१० साउन २०७५ मा पन्तको घरनजिकै उखुबारीमा बलात्कार पछि हत्या गरिएको थियो । प्रहरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना भएको २४औं दिन अर्थात् ४ भदौ २०७५ मा प्रहरीले दिलिप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

तर, डीएनए परीक्षणको अनुसन्धानले विष्टलाई निर्दोष देखाएपछि उनी छुटेका थिए । विष्ट निर्दोष रहेको भन्दै कञ्चनपुरमा आन्दोलन उठ्दा भीमदत्त नगरपालिका–१८ का १४ वर्षीयसन्नी खुनाको ज्यानसमेत गएको थियो । त्यस बखत सो घटनामा परी १२ जनाभन्दा बढी घाइते भएका थिए ।

गृह मन्त्रालयले सो घटनाको अनुसन्धानका लागि भन्दै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको समितिले निर्मलाको अन्यत्रै सामूहिक बलात्कार भएर उखुबारीमा लगेर शव फालिएको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा चरम लापरवाही गरेको भनिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी धीरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि पनि घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगेका थिए भने आयोग टोलीले डीएनए परीक्षणको विधि नै सही नभएको निष्कर्ष निकालेको थियो ।

वर्तमान आईजीपी थापाले भने आईजी भएलगत्तै सो घटनाबारे तीन जना डीआईजीसँग छलफलसमेत गरेका थिए । स्रोतका अनुसार प्रहरी महानिरीक्षक थापाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्वप्रमुखसमेत रहेका डीआईजी (हाल एआईजी) निरज शाहीसँग घटनाबारे छलफल गरेका थिए ।

घटनाको अनुसन्धानका लागि यसअघि सीआईबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिए पनि प्रहरीबाट घटनाको निष्कर्षतर्फ कुनै उपलब्धि भएको छैन । प्रहरीतर्फबाट घटनाको अनुसन्धानका लागि पठाइएका समिति नै धेरै पटक फेरबदल भइसकेका छन् ।

हत्याको अनुसन्धानमा गएका प्रहरीहरूसमेत यस बीचमा अनुसन्धानको दायरामा तानिएका छन् भने उनीहरूविरुद्ध नै उल्टै मुद्दा चलेको छ । मुद्दा चलेका प्रहरी अधिकारीसहितले केही समयअघि मात्रै जिल्ला अदालत कञ्चनपुरबाट सफाइसमेत पाइसकेका छन् भने उनीहरूमाथि लगाइएको निलम्बनसमेत फुकुवा भएको छ ।

दुई वर्षअघि आजकै दिन अर्थात् ११ साउनमा घर नजिकैको उखुबारीमा निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

(Visited 250 times, 1 visits today)
Loading comments...

आजको समाचार

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

ओली नेपालविच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ छलफल शुरु...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

साताका लोकप्रिय समाचार

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

अरुण तेस्रोको सुरुङ भित्र मृत्यु भएका मजदुरको परिवारलाई ३० लाख क्षतिपूर्ति

संखुवासभा । संखुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङ भित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्तिदिने सहमति...

मातृ पूजनको महान् पर्व

  भनिन्छ, ‘मातृदेवो भव’ आमालाई देवता समान मान । यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीमा गाँसिएको छ । यसरी आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा...

सत्ता संकटको असर कोरोनामा ?

  तनावरहित स्वच्छ मानसिकतामा गरिने कार्य निश्चय नै परिणाममुखी हुन्छ । व्यक्तिमा निहित स्वच्छताजस्तै सकारात्मक सोच र उच्च मनोबलयुक्त व्यक्तिको सामूहिक सहकार्यमा सञ्चालित राज्यसत्ताका काम...

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

ट्रेन्डिङ

एकै दिन ९०७० मा काेराेना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७०...

लकडाउनको हल्लाले व्यवसायी चिन्तित

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या केही बढ्न थालेसँगै पुनः लकडाउनको हल्लाले व्यवसायी चिन्तित भएका छन् । गत वर्षको ११ चैतमा कोरोना महामारी...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

युभेन्टसका रोनाल्डोको अर्का कीर्तिमान

टुरिन । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा सासुओलोलाई ३–१ ले पराजि गरेको छ । रोनाल्डोले सासुलोविरुद्ध एक...

ओलीलाई जनताले होइन पार्टीले प्रधानमन्त्री बनाएको हो : पूर्वमन्त्री पुन

स्याङजा । नेकपाको दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री...

कोरोनाको ग्राफ निरन्तर उक्लिएपछि बाँकेमा निषेधाज्ञा पुनः थपियो

नेपालगन्ज । बाँकेमा बितेका १० दिन अघिदेखि जारी गरिएको निषेधाज्ञा पुनः तीन दिनका लागि थप गरिएको छ । यसकै बीचमा कोरोनाको ग्राफ उकालो लागेपछि...

कोरोना : २५ जनाभन्दा बढी भएको भन्दै राज्यव्यवस्था समिति बैठक स्थगित

काठमाडौँ । ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था...

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको...

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काइनेछ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन...

देबेन्द्रको मयालु बनिन् सज्जा

काठमाडौँ । गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत मयालु सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३...

कोरोनाका चार नयाँ भेरियन्ट फेला

 काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन...

भाइटीकाको उत्तम साइत, ११ : ३७ बजे

काठमाडाै‌ं ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे भएकाे जनाएकाे छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)