प्रवासी नेपालीद्वारा रु पाँच लाख सहयोग

3fOt]nfO{ ;xof]u bdf}nL, $ k'; M lah'nL dd{t ubf{ s/]06 nfu]/ cªueªu ePsf tgx'Fsf] ledfb gu/kflnsf–# au'jfsf lzjaxfb'/ yfkf du/nfO{ tgx'F ;dfh o's]n] ;ªsng u/]sf] /sd x:tfGt/0f ub}{ ;dfhsf pkfWoIf s]z/axfb'/ yfkf, ledfb gu/kflnsfsf pkd]o/ zf/bf vgfn nufot . ;dfhn] ? kfFr nfv $% xhf/ tLg ;o ;xof]u k|bfg u/]sf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँ । करेन्ट लागेर घाइते हुनुभएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । कष्टकरपूर्ण जीवन बिताइरहनुभएका थापालाई समाजले रु पाँच लाख ४५ हजार ३०० आर्थिक सहयोग गरेको हो ।

युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उहाँका श्रीमती सङ्गीता थापालाई हस्तान्तरण गर्नुभएको छ । 

विसं २०७० मा घर नजिकै बाँसपानीमा बिजुलीको लाइन मर्मतको क्रममा करेन्ट लागेर थापा घाइते हुनुभएको थियो । घाइते थापाको कष्टकरपूर्ण जीवनको बारेमा जानकारी पाएपछि युकेमा आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरिएको समाजका उपाध्यक्ष रानाले जानकारी दिनुभयो । “कामको सिलसिलामा परदेशमा रहे पनि गाउँघरमा अप्ठ्यारो परेकालाई समाजले सहयोग गर्दै आइरहेको छ”, रानाले भन्नुभयो ।

भिमाद नगरपालिकाका उपप्रमुख खनालले थापाको लागि नगरपालिकाको तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । “स्थानीय सरकार जनताको घरदैलोको सरकार हो, आपत्विपत्मा परेकालाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

करेन्ट लागेर थापाको अनुहार डढेको छ । शरीरको विभिन्न भागको मासु निकालेर उहाँको डढेको अनुहारमा मासु राखिएको छ । श्वास फेर्न कठिनाइ भएपछि नाकमा पाइप राखिएको छ भने देब्रे आँखा मासुले ढाकिएको र दाहिने आँखाको ज्योति गुमेको छ । आँखाको ज्योति फर्काउन चिकित्सकले रु ३० लाखभन्दा बढी खर्च लाग्ने बताएको शिवले बताउनुभयो । उहाँको उपचारका लागि नेपालमा पनि आर्थिक सङ्कलन शुरु गरिएको अभियान्ता शालिकराम सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु पाँच लाख सङ्कलन भएको छ ।

रु पन्ध्र लाखको अक्षयकोष स्थापना

तनहुँ स्थायी घर भई रोजगारको सिलसिलामा हङकङमा बस्दै आएका नेपालीहरुले स्थापना गरेको तनहुँ समाज हङकङले रु १५ लाखको अक्षयकोष स्थापना गरेको छ । जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले समाजले उक्त अक्षयकोष स्थापना गरेको हो ।

हङकङमा बस्ने तनहुँवासीले विसं २०५६ मा स्थापना गरेको समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो । हङकङमा प्रत्येक दुई वर्षमा आयोजना हुने तनहुँ बाराही साँझ साङ्गीतिक कार्यक्रममार्फत बचेको रकमले अक्षयकोष स्थापना गरिएको छ ।

अक्षयकोषमा यस वर्ष रु पाँच लाख थप गरी अक्षयकोषको रकमलाई रु १५ लाख पु¥याइएको समाजका पूर्वअध्यक्ष भीम गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार हङकङमा हालै सम्पन्न पाँचाँै बाराही साँझबाट सङ्कलित रु पाँच लाख अक्षयकोषमा वृद्धि गरिएको हो ।

दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने क्यामिनको छापथोक, भिमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । 

समाजमा ४०० तनहँुवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ । 
तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)