Tuesday, November 24, 2020
Home बिचार आफ्नै भए पनि, दक्ष त खोजौं

आफ्नै भए पनि, दक्ष त खोजौं

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका समाचार सुन्दा र पढ्दा, निराश भएको अवस्था छ । एकातिर देशका हरेक क्षेत्रमा राजनीतीकरण गर्ने प्रवृत्ति झन्पछि झन् बढेको बढ्यै छ भने अर्कोतिर देशको विकास र सुशासन दिनुपर्ने ठाउँमा शीर्ष भनिने नेताका बीचमा मेरा र तेरा मान्छेको छनोटमा समय गुज्रिइरहेको छ ।

यहिले नेपाल कम्युनिस्टको बहुमत भएको समयमा आयोग, निगम, संस्थान, राजदूत, आयोजना प्रमुख, अख्तियार, न्यायालय, विश्वविद्यालयलगायतका उच्च पदमा सक्षम व्यक्तिको छनोट गर्नुपर्नेमा दलभित्रका सक्षम मान्छेभन्दा पनि नेताको गुटका मान्छेलाई भागबन्डा गरी नियुक्ति गर्ने प्रचलनले गर्दा ‘राइट म्याट इन राइट प्लेस’ हुन सकेको छैन । गुट र उपगुटका अख्तियारवाला नेतागणले आफ्नो गुटभित्रका सक्षमलाई भन्दा आपूm निकटका एवं नातागोतालाई पदको वितरण गर्दा कुनै पनि ठाउँमा प्रभावकारी काम हुन नसकेको घामजस्तै छर्लंग छ ।

राजनीतिमा अलिकति केही फरक तरिकाले काम गर्न खोज्नेलाई खुट्टा तान्ने वा पदबाट नै निष्कासन गर्ने निर्लज्ज काम पनि नागरिकले देखिरहेका छन् । पत्रपत्रिकाले लेखिरहेका छन् । नेताका यस्तो कार्यले मुलुक झन्पछि झन् कमजोर बन्दै गएको छ । कांगे्रस सरकारमा हुँदा पनि आफ्नालाई पोस्ने काम भएकै हो । अहिले कम्युनिस्टको सरकार छ । यो सरकारका अझै गुट र उपगुटको भागबन्डामा रमाइरहेको छ । कम्युनिस्टभित्रका पनि आफ्नालाई काखी च्याँप्ने प्रवृत्ति हावी छ । देशलाई चाहिएको परिणाम हो, अनुहार होइन । कम्युनिस्ट नै सही, योग्यको छनोट त गरौं ।

आर्थिक विकास, रोजगारी, सुशासन मुलुकको आवश्यकता हो । अहिले सीमित नेतागणको कब्जामा रहेको राजनीति सिन्डिकेटको कारण विकासका मुद्दा ओझेलमा परेका छन् । नेतृत्वको कमजोरीका कारण देशको भविष्य र नेपालीको भाग्यमा खेलबाड भएको लामो समय भयो । राजनीतिक दलले प्रजातन्त्रको पुनस्र्थापना पछाडि नेपाली जनताको जीवनस्तर उकास्ने, आर्थिक आय आर्जनका अवसर सिर्जना गर्ने र जनतालाई धनी बनाउने कुनै पनि काम हुन नसकेको सबैका अगाडि घामजस्तै छ ।

देशको विकास र जनहितमा काम गर्न सक्ने क्षमतावान् शासक एवं प्रशासकलाई अवसर दिइयोस्

वास्तवमा प्रजातन्त्रका तीन दशकमा राजनीतिक दलबाट जनतालाई आश्वासन दिने काम मात्र भयो । २०६० को दशकमा माओवादीको जनयुद्घका कारण विकास निर्माण हुन सकेन भनियो । त्यसपछि माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि देशमा राजतन्त्रलाई विकासको बाधक ठानियो र गणतन्त्रका लागि जनतालाई सडकमा उतारियो । ७० को दशकमा जनआन्दोलन, मधेस आन्दोलनलगायत संविधान बनाउन दलगत आन्तरिक खिचातानीमा नै नेतागणले समय बिताए । यस अवधिमा जनतालाई संविधान बनेपछि गाउँगाउँमा विकासको मूल फुट्छ भनी राजनीतिक स्वार्थपूर्ति गर्ने काम मात्र भयो ।

राजनीतिमा सिद्घान्त, जवाफदेहिता र देश विकास गर्ने इच्छाशक्तिको भएको राजनीति दल र यसका नेतागण नभएकाले स्वार्थको खेल चलिरह्यो । राजनीतिक हैसियत गराएका नेतागणले आर्थिक फाइदा हुने ठाउँमा ‘काले काले मिलेर खाउँ भाले’ भनेझंै एकै ठाउँमा हुने र स्वार्थ नमिलेपछि एकले अर्कोलाई गिराउने, तेजोबध गर्ने एवं गालीगलौजमा उत्रने गरेको पाइन्छ । जनताको नजरमा कुनै पनि राजनीतिक दलका माथिल्लो पदमा पुगेका व्यक्ति दोषमुक्त छैनन् । आर्थिक हिनामिना, कमिसन, भ्रष्टाचारलगायतका प्रकरणमा यिनीहरूको नाम जोडिने गरेको छ । पछिल्लो समयमा देशका प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूबाट बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरी आयोजनालाई अलपत्र पारेको अभिव्यक्ति दिए । ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको र समय आएपछि पेस गर्ने उनले दाबी गरेका छन् ।

बाबुराम भट्टराई मनमा आएका कुरा बोलिदिन्छन् । उनी पनि जातीय दंगा मच्चाउने, सामाजिक खलबल गराउने, अस्थिर, एकलकाटे, भारतपरस्तजस्ता लाञ्छनाबाट मुक्त छैनन् । देशको प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिले यसरी भ्रष्टाचारको कुरा झिक्दा समाजमा ठूलो आशंका पैदा गरेको छ । यदि बाबुरामले भनेको विषय गलत हो भने उनलाई दण्ड सजाय हुनुपर्दछ । साँचो हो भने भ्रष्टलाई जेलमा कोच्नुपर्दछ । अति गर्नु अत्याचार नगर्नु भनिन्छ, अर्बांै रुपैयाँ भ्रष्टाचार गरेकै हुन् भने यो नागरिक र देशको भविष्यप्रति गरेको अत्याचार हो ।

यो पनि पढ्नुहोस   ट्रम्पको पराजय र विश्व राजनीतिमा पार्ने प्रभाव

आफ्ना मान्छेलाई ठाउँठाउँमा सेट गरेर राख्नु पनि भ्रष्टाचारको सहजीकरण हो । योग्य, सक्षम, स्वतन्त्र एवं क्षमतावान् व्यक्ति न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका ठाउँमा भएको भए ठूलाठूला शासकहरू पनि अनियमितता गरेबापत कारबाही पर्ने थिए ।

नेपालको राजनीतिमा कागे्रस हुँदा राजनीतिक नियुक्ति पाउने ठाउँमा कांगे्रसजन नै खोजियो । अझै नेताका निकटमा भक्तजन रोजियो । कम्युनिस्टले पनि त्यसै गर्दै छन् । मुलुकका माथिल्लो तहका पद बाँडीचुँडी वितरण गर्ने कि सक्षमलाई अवसर दिने ? दलका कार्यकर्ता नै सही तर सक्षमको खोजी गरेको भए देशले आजको अवस्था बेहोर्नुपर्ने थिएन । राम्रा मान्छेभन्दा हाम्रामान्छे राम्रा भन्ने राजनीतिक चिन्तन नबदलिएसम्म देशमा सुशासन र विकास भाषणमा मात्र सीमित हुनेमा कुनै शंका छैन ।

दलका कार्यकर्ता नै सही तर सक्षमको खोजी गरेको भए देशले आजको अवस्था बेहोर्नुपर्ने थिएन

यो मुलुकमा समावेशीताको नाममा बोल्न नै नजान्ने औंठाछाप सांसद भएका छन् । कतिपय श्रीमान्को मृत्यु भइसके पछाडि श्रीमतीको नाताले सांसद, मन्त्रीजस्तो पदमा पुगेका छन् । कोही नेताका छोरी, बुहारी, भाइ, भतिजा, जेठानलगायतका नातेदारले ठाउँ ओगटेका छन् । कुनै पनि पार्टीमा योग्यता र क्षमताका आधारमा माथिल्लो पदमा पुग्ने अवसर नै नभएको जानकार बताउँछन् । अहिलेको सत्तारूढ नेपाल कम्युनिस्ट दलमा त आफन्त रोगले अझै जरो गाडेको देखिन्छ । यति ठूलो दलभित्र सक्षम व्यक्ति पनि त होलान् नि ।

साँचो अर्थमा देश विकास गर्नका लागि सत्ताको बागडोरमा पुगेको नेतृत्वमा राज्य सञ्चालन गर्ने क्षमता, स्पष्ट विकासको रोडम्याप, इच्छाशक्ति, भीष्म प्रतिज्ञा, अर्जुन दृष्टि एवं अठोट चाहिन्छ । नेपालमा विकास र समृद्घिका मुहान थुनिएको संघीयता नभएर होइन । इमानदार नेतृत्वको कमीले हो । भ्रष्टाचार, दण्डहीनता, कुशासन, नातावाद, आफन्तवाद, पार्टीवाद, स्वार्थकेन्द्रित राजनीतिक क्रियाकलाप भएकाले हो । राइट म्यान इन राइट प्लेसको अभावले हो । विधिको शासनभन्दा व्यक्तिको शासन हाबी भएको कारणले गर्दा हो । हरेक दलभित्र नेताको निकटताको आधारमा जिम्मेवार पदमा नियुक्ति गर्ने राजनीतिक अदूरदर्शिताको कारणले हो ।

नेपालका शक्तिमा पुगेका कुनै पनि नेतागण त्यागी, भिजनरी र विकासवादी नभएको प्रमाणित भइसकेको छ । नेताहरू आफंैले नै भ्रष्टाचारको इपिसेन्टर राजनीतिक शक्तिकेन्द्र भएको समेत बताउने गरेका छन् । अहिलेका नेतृत्वमा रहेका नेतागणमा भ्रष्टाचार मात्र होइन, यिनीहरूको दृष्टिकोण नै आत्मकेन्द्रित देखिन्छ । त्यसैले राम्रा शासकहरूले मन्त्रालय, विभाग, आयोग, निगम, प्राधिकरणलगायतका राजनीतिक नियुक्ति हुने ठाउँमा सक्षम व्यक्तिहरूलाई नै नियुक्ति दिने गर्छन् ।

देशका हरेक निकायमा सक्षम व्यक्तिको नेतृत्व र विज्ञताको अवश्यकता हुन्छ । हाम्रो देशका राजनीतिक चस्मा लगाएका वृद्ध नेताको चिन्तन, कार्यशैली र गुटमा अवसरको भागबण्डा खोज्ने प्रवृत्ति नै यो मुलुकको विकासको बाधक हो । यसर्थ देशका जुनसुकै राजनीतिक दलमा आस्था भए तापनि क्षमताको आधारमा ‘राइट म्यान इन राइट प्लेस’को व्यवस्था गरिनुपर्दछ । पृथक् राजनीतिक आस्था भएमा विज्ञ, विशेषज्ञ वा क्षमतावान् भए पनि अवसर नपाउने संस्कृतिको अन्त्य गरिनुपर्दछ । दलकै मान्छे भएको नातामा टिके प्रवृत्तिको अन्त्य गरियोस् । देशको विकास र जनहितमा काम गर्न सक्ने क्षमतावान् शासक एवं प्रशासकलाई अवसर दिइयोस् ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्रम्पको पराजय र विश्व राजनीतिमा पार्ने प्रभाव

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको निर्वाचन विश्वकै सर्वाधिक चासोको विषय बन्दछ, यस देशले तैनाथ गर्ने नीतिको कारण विश्व प्रभावित बन्दछ । यस वर्षको यो निर्वाचन...

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको...

प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत

काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ...

सभामुखबाट नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा...

एअरपोर्ट स्थापनाको ६६ वर्षपछि इन्धन डिपो निर्माणको काम सुरु

तुलसीपुर । ६ करोड लगानिमा दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो निर्माणको काम सुरु गरिने भएको छ । निर्माणको काम अबको १५...

साताका लोकप्रिय समाचार

विवाहका विविध समारोहका लागि एक साथ फरक पाँच गीत

काठमाडौं । विवाहका विभिन्न समारोहमा आवश्यकता नेपाली गीतसंगीतको अभाव भएका बेला विवाहको विभिन्न संस्कारको आधा दर्जन गीत एकसाथ सार्वजनिक गरिएको छ । मंसिर महिना...

चिर्पटले हानेर हजुरआमाको हत्या, श्रीमती, छोरा र छोरी घाइते

काठमाडौं । ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार...

एअरपोर्ट स्थापनाको ६६ वर्षपछि इन्धन डिपो निर्माणको काम सुरु

तुलसीपुर । ६ करोड लगानिमा दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो निर्माणको काम सुरु गरिने भएको छ । निर्माणको काम अबको १५...

‘रोक, हेर र जाउँ’ अभियानः कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ...

चलचित्रमा चहलपहल सुरु

काठमाडौं । तिहार सकिएसँगै नेपाली चलचित्र वृत्तमा चहलपहल सुरु भएको छ । चलचित्र मुहूर्तदेखि छायांकन सुरु हुन थालेका छन् । कोरोना संक्रमणका कारण मुलुकमा...

ट्रेन्डिङ

दैलेखमा थप ९१ जनामा कोरोना संक्रमण, संक्रमित ३०९ पुगे

दैलेख । दैलेखमा कोरोना भाइरस संक्रमितको संख्या ३०९ पुगेको छ । बिहिबारसम्म २१८ सम्म पुगेको शुक्रवार ९१ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै दैलेखमा कोरोना...

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय...

प्रशिक्षकको खातामा पुरस्कार

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकहरूले सरकारले घोषणा गरेको नगद पुरस्कार प्राप्त गर्न थालेका छन् । युवा तथा खेलकुद...

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् ।
यो पनि पढ्नुहोस   स्थानीय सरकारमा सुशासन र स्वमूल्यांकनका कुरा

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् । राष्ट्रपति...

विकास मोडल ‘बटम टु टप’ हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

सुर्खेत (रासस) । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको विकास मोडल तलदेखि माथि (बटम टु टप) हुनुपर्ने बताएको छ...

क्वारेनटाइनमा बसेका ७२ जना घर फिर्ता

बर्दिया । बर्दियामा क्वारेनटाइनमा बसेर १५ दिन पुर्याएका व्यक्तिलाई र्यापिड टेष्ट गर्दै घर–घरमा पुर्याइएको छ । बर्दियाका बिभिन्न स्थानमा १५ दिनसम्म क्वारेनटाइनमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्...

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको...

थप १९८० जनामा कोरोना संक्रमण, निको हुने २ लाख नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा...

भर्खरै

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

अक्सफोर्डको काेराेना बिरूद्धकाे खोप ७० प्रतिशत सफल, एक वर्षमा ३ अर्ब डाेज उत्पादन गर्ने

लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा...

बलिउड मोडल भन्छिन् : लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले यौन दुव्र्यबहार गरेको आरोप...

यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

काठमाडौं । हिँउदको याममा काठमाडौंमा बदामको खपत निकै राम्रो हुन्छ । काठमाडौंको भित्री गल्लि गल्लिमा समेत डालो काँधमा राखेर ‘अ आयो झुरुम झुरुम बदाम...’...

धेरै पढिएका

सेक्स टेपले थप चर्चित बनाएको थियो किम कादार्शियालाई

एजेन्सी । किम कादार्शिया अमेरिकाको चर्चित रियालिटी शो स्टार हुन् । उनी मोडलिङ, ब्यापार र सामाजिक काममा सक्रिय छिन् । किमको पुरै परिवार सेलीब्रेटी...

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को...

प्रधानमन्त्री कप डिसेम्बरमा गर्ने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसीय (पीएम) राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीसँगै...

गौरव र सैयाराको ‘गल्ती’ सार्वजनिक ( भिडियो )

काठमाडाैं । गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)