बलात्कारमा संलग्न तीन पुरुष पक्राउ

काठमाडौं । बलात्कारमा संलग्न तीनजनालाइ प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । झापामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–२ लालमाटी बस्ने २५ वर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजबंशीले बालिकालाई ललाई फकाई सोही ठाउँस्थित बाँसघारीमा लगेर मंगलबार जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो ।

धनुषाकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–१३ कवडहल बस्ने ३२ वर्षीय विष्णुदेव राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको घर जनकपुर आएको अवस्थामा राउतले किशोरीलाई जबरजस्ती करणी गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मिर्चैया नगरपालिका –३ बक्थलवा बस्ने ५० वर्षीय भोला सदालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सदाले किशोरीलाई सोही ठाउँस्थित धान खेतमा बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न