सामसुङका अध्यक्ष ली कुन–हीको निधन

सियोल । विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका हुनुहुन्थ्यो । कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ ।

सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ ।

लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो । सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता