जयाको कलामा जीवन यात्रा बिम्ब

काठमाडौं । नेपालमा डिजिटल कलाको विकास र विस्तारमा महŒवपूर्ण भूमिका खेलेकी जया शर्माको कला यात्राले दुई दशकको मार्ग पूरा गरेको छ । नारीको बेदना, चाहना, यौन कुण्ठा, भाव र उनीहरूको संवेगलाई विगतका चित्रमा उतारेर एकल प्रदर्शन गर्दै आएकी कलाकार जया हुन् । यसपटक पनि उनी आफ्नो एकल चित्रकलामार्फत कलाप्रेमी माझ आएकी छन् । उनको कला शुक्रबारबाट राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा सजिएको छ । उनको यो कला प्रदर्शनी त्यहाँ आइतबारसम्म रहनेछ ।

‘ड्रिम वाक २०३३’ नाम दिइएको यो प्रदर्शनीमा जयाले आफ्नो जीवन कालमा पार गरेका विभिन्न महŒवपूर्ण चरणलाई सुन्दर चित्रमार्फत अवलोकन गर्न सकिन्छ । यो चित्रकला प्रदर्शनी जयाको आफ्नो जीवनको उपलब्धिको महŒवपूर्ण संग्रह पनि हो । यी कलाकारले यसपटक कलाको विषय आफ्नो जीवनको आरोहअवरोहलाई रोजेकी छन् । आफ्नो जन्मसँगै बाल्यावस्था, युवावस्था, पुर्नजन्म, विवाह, सोचमग्न परिस्थति, जीवनका आरोहअवरोह, नयाँ सोच र सफलतालगायत कुरालाई चित्रमार्फत समेटेर उनले प्रदर्शनीमा राखेकी छन् । यो प्रदर्शनीलाई उनले आफ्नो जीवनको कलात्मक बिम्बका रूपमा प्रस्तुत गरेकी छन् ।

करिब दुई दशकअघि नेपालमा डिजिटक कला सिर्जना गर्ने कलाकारमा जया अब्बल मानिन्छिन् । नेपालमा डिजिटल कलाको विकासमा उनको महŒवपूर्ण योगदान छ । आफूले डिजिटल शैलीमा तयार गरेर ती चित्रलाई प्रदर्शनीमा राखेकी हुन् ।

जीवनको ४३औं वर्षमा यात्रारत कलाकार जयाले आफ्नो जीवन यात्राको बिम्बलाई चित्रकलामा ढलेर प्रदर्शनीमा ल्याउनुको कारण’bout भनिन्, ‘४३ वर्षमा आफूले र आफ्नो कामलाई फर्केर हेरेपछि मलाई लाग्दै छ कि म अब बल्ल कलाकार बन्ने पथमा यात्रा आरम्भ गर्दै छु । मैले आफ्नो जीवन यात्रालाई कलात्मक रूपमा बुझ्न र मनन् गर्न पनि कलामा यात्रलाई उतारेकी हुँ ।’

नेपाल ललितकला क्याम्पसमा पूर्वक्याम्पस प्रमुख एवं वरिष्ठ चित्रकार गोविन्द सिंह डंगोलसहित जयाका माता पिता सावित्री शर्मा र विजयचन्द्र शर्माले यो प्रदर्शनीको शुक्रबार उद्घाटन गरे । आफूलाई जन्मदिने आमाबाबु र गुरुलाई नमन गर्दै उद्घाटन कार्यक्रममा जयाले भनिन्, ‘मेरो जीवनमा महŒवपूर्ण भूमिका खेल्ने व्यक्ति यहाँ आउनुभएको छ । तपाईंहरूको उपस्थितिले मप्रतिको माया दर्साएको छ र म चाहन्छु सबैले मेरो सिर्जनाको उज्यालो महसुस गरुन् ।’

बिम्बात्मक शैलीको चित्रबाट जयाको प्रदर्शनी सुरु गरिएको छ । अन्त्य पनि बिम्बात्मक शैलीमै गरिएको छ । जन्म र मृत्युजस्तो थाहा नहुने र महसुस गर्न नसकिने दुई प्रक्रियाका बीचमा रहने जिन्दगीका विभिन्न भोगाइ यसमा समेटिएका छन् । जया भन्छिन्, ‘संसारमा जन्म लिएसँगै हामी विजेता बनिसकेका हुन्छौं । यो संसारमा यिनै विजेताको भिडमा एकअर्कालाई उछिन्ने प्रतिस्पर्धा नै रोचक छ ।’ यो जिन्दगी सुनौलो भएर पनि फेरि हामी किन चिन्ता गर्ने भन्ने दर्शनलाई आफूले कलामा उतारेको पनि उनले बताइन् ।

कार्यक्रममा उनका गुरु गोविन्दले भने, ‘नेपालमा चित्रकला पेसामा लागेर बाँच्न कठिन छ तथापि विभिन्न समस्यामा रहेर पनि जयाले हिँडेको बाटोको म तारिफ गर्छु । उनले कलामा आफूलाई पूर्णरूपमा स्थापित गरिसकेकी छन् ।

घर परिवार चलाएर चित्रकलामा स्नात्तकोत्तर गरेकी उनको स्नातक देखि स्नात्तकोत्तरसम्मको यात्रा १५ वर्ष बित्यो । तथापि, धेरै ठाउँमा विश्राम लिएर पनि आफ्नो लक्ष्य पूरा गर्दै आएको उनले बताएकी छन् । म्युजिक भिडियो निर्देशनमा हात हाल्दै आएकी जयाको जीवनयापनका लागि चित्रकला सहयोगी माध्यम बनेको उनको कथन छ । तर, धेरैले महिला कलाकार भनेर सम्बोधन गरिदिँदा भने उनलाई नराम्रो लाग्छ । महिलाप्रति भेदभावको दृष्टिकोण राख्नेहरूलाई जया यस्तै प्रश्न गर्छिन्,

‘कलाकारमध्ये पुरुषलाई चाहिँ किन पुरुष कलाकार भनेर सम्बोधन गरिँदैन ?’ नेपाली समाजमा नारीको स्थान अझै पनि बलियो छैन । जीवनमा आइपर्ने विभिन्न कठिन परिस्थतिसँगै आफ्नो चाहनाको बलिदान दिनुपर्दा नारी अझ दबिएको उनले जिकिर गरिन् । यस्तै, पीडालाई यसपटक आफूले कलामा उतारेर तीन दर्जन चित्रकला प्रदर्शनमार्फत बाहिर ल्याएको जयाको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार