कटुवा पेस्तोलसहित दुई पक्राउ

लहान । सिरहामा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेहरुमा डम्पल यादव र पे्रमनाथ यादव रहेको प्रहरीले जनाएको छ । कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दिपुर बजारस्थित इलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले स.७ प.२५५३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा कर्जन्हा नगरपालिका २ बस्ने वर्ष २२ को डिम्पल यादवको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाईट्रोभेट ट्याब्लेट ६ पिस बरामद गरेको छ ।

उक्त घटनामा यसै वडा बस्ने वर्ष २२ को प्रेमनाथ यादव समेतको संलग्नता रहेको हो भनी उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन